Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

एकसाता विचमा दुइ उपाधि नजिक मानाङ, अायाेजक साहारासंग फाइनल भेट पक्का

Thursday, January 26, 2017 National Power

पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मनाङमर्स्याङ्दी क्लव र आयोजक सहारा क्लव पोखरा भिड्ने भएका छन् ।

मनाङले बिहीबार संकटा क्लबमाथी १-० को कठीन जित निकाल्दै सहारा क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । उपाधिका लागि यी दुई टीम शनिबार प्रतिष्पर्धामा उत्रिनेछन् ।

बिहीबारको खेलमा अफिज ओलावाले ओलाडिपोले मनाङका लागि निर्णायक गोल गरे । दश खेलाडीमा सीमित संकटा बिरुद्ध उनले खेलको ८६ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । विक्रम लामाको फि्रकिक बलमा विमल रानाले हेडमार्फत मिलाइदिएको पासमा ओलावालेले फष्टबार च्याप्दै जाली चुमाए ।

यसअघी शुरुदेखि नै आक्रमण बुनेको मनाङ पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । खेलको पाँचौ मिनेटमै सुजल श्रेष्ठको पासमा विमल बस्नेत गोल गर्न चुके ।

१९ औं मिनेटमा सुजलकै पासमा क्याप्टेन अनिल गुरुङले डि-एरियामा पाएको बल पनि प्रहार गर्न असफल भए । पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा सुजलको कर्नरकिकमा विक्रम लामाको हेडर क्रसबार माथीबाट बाहिरियो ।

७३ औं मिनेटमा विक्रम लामाको क्रसमा सुजल श्रेष्ठको हेडर खे पनि खेर गयो । दोश्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा ओलावाले वान भर्सेस वानमा गोल गर्न चुके । उनले प्रहार गरेको बल फष्टबार हुँदै बाहिरियो ।

संकटाले एक-दुई वटा गोल गर्ने राम्रो अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । खेलको ४० औं मिनेटमा सुशील केसीको फि्रकिक प्रहारमा बिपक्षी गोलकिपर दिनेश थापा मगर बाधक बने ।

पहिलो हाफ प्रतिष्पर्धी मनाङलाई कडा टक्कर दिएको संकटा दोश्रो हाफमा भने रक्षात्मक बन्यो । खेलको ६३ औं मिनेटमा संकटाका सुशील केसी दुई पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि संकटा थप दवाबमा पर्‍यो ।

मनाङका क्याप्टेन अनिल गुरुङले बल खोस्ने क्रममा सुशीललाई ठेलेर लडाई दिएपनि रेफ्रीले अनिललाई पहेंलो कार्ड नदिएको भन्दै सुशीलले मुख छाडे । लगत्तै फिफा रेफ्री विकास महतले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै पहेंलो कार्ड दिए ।

विहीबारकै खेलको ५९ औं मिनेटमा समेत पहेंलो कार्ड खाएका उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदानबाट निकाले । त्यसपछि दश खेलाडीमा सीमित संकटाले लगातार दबाव झेल्नुपर्‍यो र पराजय भोग्यो ।

खेल समापन पछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै बिजेता मनाङमर्स्याङ्दीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले शुरुवाती १०-१५ मिनेटमै गोल निकाल्ने आफ्नो रणनीति सफल नहुँदा कठिन जित निस्केको प्रतिक्रिया दिए । मिडफिल्ड र स्ट्राइकर समानान्तर ढंगले अघि बढ्दा पहिलो हाफ भनेजस्तो खेल्न नसके पनि दोश्रो हाफमा आफूले सम्झाएर पठाएपछि खेल सुधारिदा जित हात परेको उनको भनाई छ ।

पराजित संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले रेडकार्ड नै खेलको टर्निङ प्वाईन्ट भएको र सोही कारण हार्नुपरेको बताए । रेफ्रीको निर्णयप्रति असन्तुष्ट उनले विहीबारको खेल ११ भर्सेज १४ भएको बताए । रेफ्री र सहायक रेफ्री दुबैजना गरी तीनै जना रेफ्री मनाङका खेलाडी भएर प्रस्तुत भएको आरोप लगाउँदै उनले हारको मुख्य कारण नै रेफ्री भएको बताए ।

बिहीबारको खेलमा मनाङका रोहित चन्द म्यान अफ दी म्याच भए ।

प्रतियोगिता अन्तर्गत अब उपाधिका लागि मनाङमर्स्याङ्दी र आयोजक सहारा क्लब आमनेसामने हुनेछन् । खेल शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।