Wednesday 27th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

कथा संग्रह मोह

Wednesday, January 25, 2017 National Power

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले हालसालै (पहिलो संस्करण : २०७३)प्रकाशनमा ल्याएको सुन्दर खड्का द्वारा लिखित कथासङ्ग्रह ‘‘मोह’’ मा समावेश भएको पहिलो कथा को वाँकी अंश 

…………..काठमाडौँ आएको दोस्रो दिनबाट शिवहरिले आफ्नोे अफिसलाई समेत ध्यानमा राखेर उजेलीलाई सहर घुमाउने कार्यक्रम तयार पार्छन् । उजेलीलाई एक पटक देखाएको वा घुमाएको ठाँउको जीवनपर्यन्त नर्बिसने बनाउने हेतुले कुनै किसिमको कमी हुन दिएका थिएनन् । पैसा खर्च गर्ने मामलामा कन्जुस्याइँ गरेनन् । बिहान कुनै मन्दिरको दर्शनबाट शुरू हुने सहर घुमाइकोे कार्यक्रममा उनीहरू दिउँसो कुनै पर्यटकीय स्थान हुँदै बेलुकीको समय सपिङ्ग र त्यसपछि सरहमा नाम चलेको होटल वा रेस्टुरेण्टमा रमाइलो गरेर खाना खानेसम्मको काम गरे भने कहिलेकाहिँ सँगै बसेर सिनेमा हेर्नसमेत भ्याउँथे—उनीहरू । रमाइलो रमाइलोमै दुई हप्ता बितिसकेको थियो । तबसम्ममा उपत्यकाको कुनै त्यस्तो महत्वपूर्ण ठाउँ रहेन जहाँ उजेलीले नदेखेकोे होस् । त्यसै क्रममा शिवहरिलाई अफिसको काम परेर भारतको नयाँ दिल्ली जानुपर्ने भयो । काठमाडौँमा आपूmसँगै रहेकी उजेलीलाई पनि हवाईजहाज चढाउने मौका चुकाउँदैनन् । अब त झन् काठमाडौँभन्दा ठूलो र विकसित सहरको भ्रमणले गर्दा उजेलीको खुसीको सीमै रहेन । दिल्लीको तीन दिने भ्रमण सकेर उनीहरू सोझै गाउँमा गए । वृद्ध अवस्थाका आमाबाबु र मुनाझैँ लाग्ने कलिला दुई छोराहरू त्यहीँ थिए, जहाँ शिवहरिकोे आत्मा रहेको थियो ।


जन्मेदेखि कहिल्यै सहर बजारको अनुहार नदेखेकी उजेलीले गाउँ र सहरको भिन्नतालाई सजिलै आँकलन गर्न सकेकी थिइन् । आफू सहरमा नजन्मिएकोमा भित्रभित्रै धिक्कार्नसमेत पछि परिनन् । भाग्यामानीको मात्र सहरमा जन्म हुँदो रहेछ र सहरको भोग गर्न पाइने रहेछ, गाउँमै जन्मेर हुर्किएकी, घरमाइती दुवै ठाउँमा एकदमै सुखी र खुसी रहेकी म अरूभन्दा बढी नै भाग्यमानी ठानेकी थिएँ, त्यो त भ्रम पो रहेछ भन्ने लाग्यो ।
सहर घुमेर आइसकेपछि उजेलीको व्यवहारमा परिवर्तन देखा पर्न थाल्यो । उजेलीमा सहरको सपनाले गाँजिसकेको थियो, सहरको भूत चढिसकेको थियो, सहरप्रति मोह पलाएको थियो । त्यसैले त सासुससुरा, मान्नुपर्ने व्यक्तिहरूसँग पनि कम बोल्न थालिन् । भित्रभित्रै मनमा कुराहरू खेलाइरहने, एकान्तमा बसेर झोक्राइरहने र सहरमा नै बाँकी जीवन कसरी बिताउने ? भन्नेतिर मन जान थाल्यो—उजेलीको ।
गाउँको लेक र बेँशी अनि हिउँद वर्षा केही नभनीकन उकाली÷ओराली हिंड्नुपर्ने बाध्यता, खेतीपातीको काममा बाली लगाउन तयारीदेखि भित्र्याउञ्जेलसम्मका सबै कामहरू, वस्तुभाउलाई स्याहारसुसार, घरको रेखदेख र आइपरेका व्यवहारहरू, नातागोत र आफन्तहरूलाई नाताअनुसारको मानसम्मान, बच्चाहरूको हेरचाह आफैले पूरा गर्नुपर्ने त्यसमा पनि ती वृद्ध अवस्थाका सासुससुरासमेतको हेरविचारको बोझले गर्दा उजेलीलाई गाउँदेखि वाक्क लागेर आउन थाल्यो । कसरी कुन उपायले ती सबै कुराहरूबाट मुक्ति पाई सहरमा बसाइँ जाने र बाँकी जीवन रमाइलोसँग बिताउने भन्ने लाग्न थाल्यो तर मनमा उब्जेका कुरा ऊ कसैलाई भन्न सकिनन् ।
दिन प्रतिदिन उजेलीमा चढ्दै गरेको सहरको मोहले बिछिप्त बन्दै गएकी थिइन् । पीर र शोकले गर्दा उनलाई खानामा रुचि हुँदैन, निन्द्रा लाग्दैन, कसैसँग बोल्न चाहन्नन् । दिनरातको हेक्कै हुन छाडिसक्यो । हष्टपुष्ट खाइलाग्दी उजेली अहिले ख्याउटे र दुब्ली हुन थालिन् । फु गर्दा लड्ने अवस्थामा पुगेकी उजेलीलाई हरतरहले जानेको र गाउँको बुताले भ्याउने उपचार गर्न खोजे—उजेलीका सासुससुरा । पल्ला गाउँबाट धामी डाकेर ल्याए । धामीले हेर्छ, पूजाको लागि आवश्यक सामान र ज्याला वापत मोटो रकम दिने हो भने आपूmले बिसेक पारिदिने उद्घोष गर्छ । विश्वासमा परेर नरहरि बाजे धामीले भने अनुसारका सामान र पैसोको जोहो गर्छन् । उपयुंक्त समयमा धामीले उजेलीको उपचार गर्न थाल्छ । तयार गरेका विभिन्न किसिमका सामग्रीले अनेक किसिमका पूजा गर्छ, मध्य रात पारेर कुखुरा, हाँस, परेवा, कालो बोका र राँगोसहितको पञ्चबलीसमेत दिन्छ । अब सबै ठीक हुन्छ, कुनै चिन्ता लिनुपर्दैन भनी बाजेलाई विश्वासमा पारेर भोलिपल्टै मोटो रकम लिएर धामी कुलेलम ठोक्छ ।
शिवहरि प्राणभन्दा प्यारी श्रीमतीको बारेमा खबर पाउने बित्तिकै घर पुग्छन् । सबैसँग भलाकुसारी सकेर एकान्तमा रहँदा के कारणले यस्तो भयो ? भनी आफ्नोे श्रीमान्ले मायालु शब्दमा उजेलीलाई सोध्दा उजेलीले अझसम्म कसैलाई भन्न नसकी मनभित्रै लुकाएर राखेको गाँठो फुकाउँछिन् र सधैँको लागि सहरमा गएर बस्ने ढिपी गर्न थाल्छिन् । उजेलीको कुरा सुनेपछि शिवहरि वाक्कनबक्क हुन्छन् । आफ्नोे मायाले श्रीमतीलाई सहर घुमाउन लगेकोमा गल्ती भएको महसुस गर्छन् र सहरको भूतले गर्दा उजेलीको यस्तो हालत भएको रहेछ भनी सहजै अनुमान लगाउँछन् । उजेलीका सहर बसाइँ सर्ने कुराले शिवहरिलाई पर्नुसम्म पीर पर्छ । यसलाई कसरी समाधान गर्ने हो सोच्नसमेत सक्दैनन् ।
तिमीले नै भन यो कसरी सम्भव छ ? उल्टै प्रश्न शिवहरिको । अब उजेली यो दुःखी गाउँमा एकदुईतीन बस्दै नबस्ने आफ्नोे अकाट्य निर्णय रहेको बताउँदै सहरमा बसाइँ सर्ने तरिका बताउँछिन् तर सहरमा बसाइँ सर्ने सम्बन्धमा उजेलीले पेश गरेका तरिकाहरू शिवहरिलाई त्यति व्यावहारिक लाग्दैन ।
वृद्धावस्थाका आमाबाबुलाई त्यत्तिकै गाउँमा छाडेर श्रीमती र छोराहरूलाई मात्र सहरमा लैजाने कुरा शिवहरिले सोच्न पनि सक्दैनन् । आपूmले सोचे अनुसारको वातावरण मिलाउन कठिन परेको थियो भने उता उजेलीको दवाव । आमाबाबुका बुढेसकालको सहारा आपूm एक्लै भएको र सोको कर्तव्य आफैले पूरा गर्नुपर्ने हुँदा आमाबाबुसँग छुट्टिएर आपूmहरू मात्रै सहरमा बसाइँ नजाने बरु भएको व्यापारसमेत छोड्न तयार हुन्छन् शिवहरि तर उजेलीको ढिपीलाई टार्न नसकेर गाउँमा रहेको जग्गा जमीन, अचल सम्पत्ति बेचबिखन गरी सबै परिवारलाई लिएर सहरमा बसाइँ सर्ने मनस्थितिले शिवहरि आमाबाबुको स्वीकृति माग्छन् ।
यतिका वर्षसम्म यही गाउँमै बसियो, अब मर्ने बेलामा फेरि के ? के ? भन्छन्, यी छोराबुहारी बाजे रिसाउँछन् । वर्षौसम्मको गाउँको बसाइँ र त्यसले गाँसेको साइनो अनि माया ममता, छरछिमेकी, साथीसँगी र नातागोताहरू सबैलाई त्यत्तिकै माया मारेर यो बुढेसकालमा सहरमा किन बसाइँ सर्ने ? यही गाउँले जन्मायो, हुर्कायो, यतिका वर्षसम्म बाँचिएकै छ । अब काल नआउञ्जेल यसै ठाँउमा बसिरहने, मरिकाटे यो गाउँ छोडेर जान्न र तिमीहरूलाई जान पनि दिन्न । यो मेरो दृढ प्रतीज्ञा हो भन्दै बाजे कराउन थाल्छन् ।
ससुराको गाउँ नछोड्ने दृढ प्रतीज्ञा र श्रीमान्ले आमाबाबुलाई नछोड्ने कुराले उजेलीको सहरमा बसाइँ सर्ने सपना पूरा नहुने स्थिति देखा प¥यो तैपनि हरेस् नखाई आफ्नोे सपना पूरा गर्न हरदिन तल्लीन रहन्छिन् उजेली ।
सहरले गर्दा आफ्नोे सुखी सपरिवारलाई विखण्डन गराउन खोजेको अर्कोतिर श्रीमतीले आपूm र आमाबाबुप्रति गर्ने व्यवहारले गर्दा दिक्क भएका शिवहरि जे पर्ला पर्ला, अब काठमाडौँको व्यवसाय छोडेर आउने सुर गर्छन् । व्यवसायले गाँसेको सहरको सम्बन्धमा पूर्ण विराम लागेपछि उजेलीले देखेको सहरको सपनासमेत हटेर जाने विश्वास पलाउँछ । त्यसैले व्यवसायको आफ्नोे हिस्सा बेच्ने कुरा साथीलाई खबर गर्छन् ।
आपूmले चालेको कदमले सहर बसाइँ सर्ने सपना पूरा नभएपछि उजेलीले अन्तिम अस्त्र प्रयोग गर्ने सुरमा पुग्छिन् । त्यो अस्त्र हो सौता भित्र्याउने । लोग्नेको दोस्रो विवाह गराइदिन सकेमा भित्रिने दुलही अर्थात् सौतालाई गाउँको घरपरिवार र वृद्धावस्थाका सासुससुराको जिम्मा लगाई आपूm लोग्नेलाई लिएर सँधैको लागि सहर जाने । उजेलीले आफ्नोे योजना मुताविक शिवहरिलाई दोस्रो विवाह गर्न अनुरोध गर्दछिन् । अप्रत्यासित रूपमा उजेलीले ल्याएकोे विवाहको प्रस्तावलाई शिवहरिले मान्दै मान्दैनन् । लोग्नेको दोस्रो विवाह नभएसम्म आफ्नोे योजना सफल नहुने देखी उजेलीले शिवहरिलाई करकाप र धम्कीले बाध्य गराउँछिन् र आफैले केटी खोजेर विवाह गरिदिन सफल हुन्छिन् ।
भनिन्छ एउटी महिलाको लागि सौता भनेको मुटुको काँडा र सबैभन्दा नमीठो, तीतो एवम् दुःखद् नाता हो । कसैले एउटी महिलालाई एउटा ठूलो ढुङ्गा देखाई ‘यो तिम्रो सौता हो’ भनेर भनेमा ती महिलाले त्यो ढुङ्गालाई भएभरको बल लगाएर धुलोपिठो पार्न खोज्दछिन् तर उजेलीमा त्यो कुरा लागू भएन । सहरको अगाडि सौता गौण भयो । संसार जितेको अनुभव थियो । विशेष आफ्नोे योजना सफल हुन लागेकोमा भित्रभित्रै गदगद थिइन् ।
आफ्नोे महत्वाकाङ्क्षा पूरा गर्न जस्तोसुकै कदम चाल्न सक्ने उजेलीको व्यवहारदेखि बाजेबज्यै र शिवहरि रुष्ट हुँदै जान्छन् । उजेलीको हरेक सपना पूरा गर्दै जाने हो भने एक दिन ठूलै खाल्टामा जाक्ने छिन् भन्ने कुरामा शिवहरि पनि सशङ्कित भइसकेका हुन्छन् । परिवारको घृणाको पात्र बनेकी उजेली छिमेकी, इष्टमित्र र आफन्तहरूबाट समेत तिरस्कृत भइसकेकी थिइन् ।
बाजे आफैले खोजी भित्र्याइएकी बुहारीको चालाले दिक्क भएको झन् उसैको करकापमा, उसैले खोजी भित्र्याई भिराइदिएकी नयाँ दुलहीले झन् कस्तो पो गर्ने हुन् । बुढेसकालमा स्याहार, सुसार र हेरविचार गर्ली भनेको त घरमा सौता भित्र्याएर अब यो घरमा बस्दै बस्दिनँ, सहराँ बस्न जान्छु पो भन्छे, बुद्धि नभएकी । बाजे यस्तै यस्तै कुराहरू सोचिरहेका थिए । भित्रबाट खासखास खुसखुसको आवाज आउँछ । बाजेले ध्यान त्यतैतिर लगाउँछन् । भित्र उजेलीले सहरको लागि आवश्यक आफ्नो लत्ता कपडा र बन्दोबस्तीका सामानहरू मिलाउँदै नयाँ दुलही अर्थात् सौतालाई श्रीमान् शिवहरिको अनुपस्थितमा दुई छोरा, सासु र ससुराको हेरचार एवम् घरजग्ग्गाको रेखदेख गर्ने जिम्मामा आपूm लोग्नेसहित छिट्टै नै सधैको लागि सहर जाने कुरा बताइरहेकी हुन्छिन् ।
शिवहरि काठमाडौँमा रहेको अफिस साथीको भरमा त्यतिकै छोडेर गाउँमा बसेको धेरै दिन भइसकेकोले सबै चाँजोपाँजो मिलाएर केही दिनमै फर्कने हिसाबले काठमाडौँ जाने कार्यक्रम बनाउँछन् । श्रीमान् काठमाडौँ जाने थाहा पाएकी उजेलीले आपूm पनि सँगै जाने हठ गर्छिन् र शिवहरिको पछि लाग्छिन् । घरका सबैले उनलाई रोक्ने कोशिस समेत गरेनन् । घरमै बस पनि भनेनन् । उनको बिदाईमा कसैले पनि दुःखको एक थोपा आँसुसमेत झारेनन् । जाने बेलामा सबैलाई जान्छु, बस्नोस् है भन्दै बिदा मागिन् र अभिवादन स्वरूप हात हल्लाउँदै अघिअघि लाग्छिन् । प्रत्युत्तरमा कसैले हात उठाएनन्, हुन्छ पनि भनेनन्, अब कहिले फर्कने पनि सोधेनन् ।
काठमाडौँ गएकोे शुरूका दिनहरूमा शिवहरिसँगै भएकोले उजेलीका दिनहरू राम्रैसँग बिते । कुनै दुःखको महसुस भएन । अब यहीँ बसोबास गर्ने हो भने कुनै न कुनै काम गरेर आम्दानी गर्नुपर्दछ, शिवहरिले सल्लाह दिन्छन् । आ अब पनि को कामैमा अल्झिरहन्छ, सहरमा आएको काम गर्नको लागि हो र ! सुखसुविधा भोग गर्न पो, उजेलीको मनमा कुरा खेले । दुवै जना एक आपसमा हेराहेर गरिरहे । जसरी पे्रमी प्रेमिका लामो समयको लागि अलग हुने समयमा हेर्दछन् ।
त्यत्तिकैमा शिवहरिको मोवाइलमा घण्टी बज्यो । ‘हेलो’– शिवहरि बोल्छन् । जरुरी प¥यो, कृपया तपाईंं छिट्टै यहाँ आउनुस् –उताबाट आवाज आयो । अफिसबाट फोन आएको रहेछ, म गएर आउँछु भनेर शिवहरि हिँडे । यसरी हिंडेको शिवहरि एक दिन दुई दिन गरेर हप्ता बित्यो, महिना बित्यो फर्केर आएनन् । यता उजेली यति ठूलो सहरमा कहाँ जाने कसलाई गुहार्ने अलमलमा परिन् । शिवहरिको खोजीको लागि अफिसमा गइन् ।
अफिसमा बुझ्दा थाहा भयो कि शिवहरिले आफ्नोे अफिसको सेयर बेचेको सबै पैसा लिएर अब बाचुञ्जेल सहरमा नआउने र गाउँमा रहेका बुबाआमाको हेरविचार, दुई छोराहरूको शिक्षा र भर्खरै बिहे गरेर भित्र्याएकी कान्छी श्रीमतीकै मुहार हेरेर बाँकी जीवन बिताउने निर्णय गरी गाउँमा नै फर्किएको कुरा सुनेर उजेलीलाई आपूm सगरमाथाकोे टुप्पोबाट गल्र्याम्म खसेजस्तो भयो, महासागरमा डुबेको अनुभव भयो, दिउँसै अँध्यारो भएर आयो । त्यहाँबाट निस्केको पत्तै पाइनन् । हिंड्दा रिगँटा लागेर आयो, त्यहीँ थुचुक्क बसिन् । बलिन्द्र आँसुका धारा बगे । उनलाई कसैले किन रोएकोसम्म सोधेनन् । रुदाँरुँदै साँझ प¥यो, उनी उठिन्, साउनको खहरेमा झँै उर्लेर आएको आँसुको बलिन्द्रधारा पुछिन् र भारी मन लिएर कोठामा पुगिन् ।
दिन प्रतिदिन दुःख र पीडा थपिदै गयो । जिउनको लागि केही काम गर्नै पर्ने सोच आयो तर काम कतै पाइनन् । शुरूमा आपूmले चिनेजानेका सँग सापटी लिएर चलाइन् । पछि त्यो पनि पाउन कठिन भयो । सबैको अगाडि आपूm बोझ बन्दै गएको महसुस गर्न थालिन् । सबैसँग सहयोगको हात पसार्ने त्यो बानीले गर्दा उनलाई चिने जानेकाहरूले समेत नचिने झैँ गर्न थाले ।
सहरको मोहले नातागोता र आफन्तहरूबाट बिछोडिनुप¥यो । यतिमात्र नभएर आफ्नै प्राणभन्दा बढी माया गर्ने श्रीमान् पनि अरूकै भागमा परे । विधाताले आपूmलाई सबै दिएका रहेछन्, सम्हाल्न सकिनँ । आफ्नोे बुद्धि बिग्रियो । दोष कसलाई दिनु भन्दै आफैलाई कोपर्न थालिन् ।

समाप्त
