Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘छक्का पन्जा’ लिएर दीपक दीपा युरोपमा

Sunday, January 15, 2017 National Power

कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला युरोप यात्राको क्रममा बेल्जियम आइपुगेका छन् ।

आˆनो बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ युरोपका नेपाली दर्शकमाझ लिएर कलाकार जोडी बेल्जियम पुगेका हुन् । चलचित्रसँगै हास्यजोडीले युरोपका बिभिन्न देशहरुमा आˆनो प्रस्तुतिसमेत दिनेछन् ।

नेपालमा निक्कै सफल व्यपार गरेर कीर्तिमान बनाएको चलचित्र युरोपमा रहेका नेपालीहरुको लागि पनि लिएर आएको बताउँदै चलचित्र हेरिदिन उनीहरुले अनुरोध गरेका छन् ।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला उप- संयोजक रजनी प्रधानले बिभिन्न देशका लागि कार्यक्रमहरु संयोजन गरेकी हुन् । प्रधानका अनुसार ‘छक्का पन्जा’ चलचित्रको पहिलो सो आइतबार बेल्जियमको लुभेन शहरमा हुनेछ ।

टिकट बिक्रीको केही रकम गैरआवासीय नेपाली संघ महिला फोरमले संचालन गरेको कार्यक्रमका लागि पनि खर्च हुनेछ । गत बर्ष पनि उनकै संयोजनमा महजोडी मदन कृष्ण श्रेष्ठ, हरीबंश आचार्य लगायत कलाकारहरुको दुई महिने लामो महजात्रा सम्पन्न भएको थियो ।