Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

‘छक्का पन्जा’ लिएर दीपक दीपा युरोपमा

Sunday, January 15, 2017 National Power

कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला युरोप यात्राको क्रममा बेल्जियम आइपुगेका छन् ।

आˆनो बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ युरोपका नेपाली दर्शकमाझ लिएर कलाकार जोडी बेल्जियम पुगेका हुन् । चलचित्रसँगै हास्यजोडीले युरोपका बिभिन्न देशहरुमा आˆनो प्रस्तुतिसमेत दिनेछन् ।

नेपालमा निक्कै सफल व्यपार गरेर कीर्तिमान बनाएको चलचित्र युरोपमा रहेका नेपालीहरुको लागि पनि लिएर आएको बताउँदै चलचित्र हेरिदिन उनीहरुले अनुरोध गरेका छन् ।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला उप- संयोजक रजनी प्रधानले बिभिन्न देशका लागि कार्यक्रमहरु संयोजन गरेकी हुन् । प्रधानका अनुसार ‘छक्का पन्जा’ चलचित्रको पहिलो सो आइतबार बेल्जियमको लुभेन शहरमा हुनेछ ।

टिकट बिक्रीको केही रकम गैरआवासीय नेपाली संघ महिला फोरमले संचालन गरेको कार्यक्रमका लागि पनि खर्च हुनेछ । गत बर्ष पनि उनकै संयोजनमा महजोडी मदन कृष्ण श्रेष्ठ, हरीबंश आचार्य लगायत कलाकारहरुको दुई महिने लामो महजात्रा सम्पन्न भएको थियो ।