Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सेयर काराेबार अाेरालाे लाग्दै

Wednesday, January 25, 2017 National Power

नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार मंगलबार करिब २५ अंकले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको हो ।

स्टकका अनुसार बैंकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अंकले ओरालो लागेको हो ।

बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको तीन करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै एसियन लाइफ संस्थापकको दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको एक करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।