Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

संकटा अाहा रारा गाेल्डकपकाे सेमिफाइनलमा

Tuesday, January 24, 2017 National Power

सिएमजी संकटा क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा पाहुना टोली नारायणगञ्ज फुटबल क्लव बंगलादेशलाई २-० ले पराजित गर्दै संकटाले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

संकटाले अब फाइनल प्रवेशका लागि विहीबार डिफेन्डिङ्ग च्याम्पियन मनाङमर्स्याङ्दीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

फारसगञ्ज स्पोर्टिङ क्लबले अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै प्रतियोगितामा सहभागि नहुने बताएपछि आयोजकको आग्रहमा आएको बंगलादेशको नारायणगञ्ज गोल्डकप जितेको नारायणगञ्ज एफसी पहिलो खेलबाटै बाहिरिएको छ ।

संकटाको जितमा निराजन खड्का र विश्वास श्रेष्ठले गोल गरे । दुबै तर्फ कमजोर प्रदर्शन भएको मंगलबारको खेलमा संकटाले ५३ औं मिनेटमा गोलको खाता खोल्यो । मैदानको बायाँ साइडबाट कोएरा सार्बा फ्लोरेन्ट कोनेले दिएको हेडर पासमा निराजन खड्काले गोल गर्दै संकटालाई अग्रता दिलाए ।

दोस्रो गोल भने संकटाले निर्धारित ९० मिनेट सकिएपछिको अतिरिक्त एक मिनेटमा गर्‍यो । संकटाका विश्वास श्रेष्ठले डी एरियामा पाएको बललाई सिधै जाली चुमाए ।

बंगलादेशको चार जना राष्ट्रिय खेलाडी पनि समावेश नारायणगञ्ज एफसीले कमजोर प्रदर्शन गर्‍यो । उसो त अफि्रकन र मनाङका खेलाडी भित्राएको संकटाले पनि मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । यद्यपी दोस्रो हाफमा आएर उसले गोल निकाल्दै नतिजा आफ्नो पक्षमा पार्‍यो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले केही राम्रा अवसर समेत सदुपयोग गर्न सकेन । १६ औं मिनेटमा सुनिल बलको कर्नर किकमा निराजन खड्काले गरेको हेडर सेकेण्डबार हुँदै बाहिरियो । १७ औं मिनेटमा सुशील केसी गोल गर्न चुके ।

डी एरिया नजिक बिपक्षी गोलकिपर मात्र हुँदा ‘वान भर्सेस वान’मा बललाई पोष्टको दिशा दिन सकेनन् । सो समयमा किपरसँग जुध्दा बिपक्षी किपर मोहम्मद राजिव गम्भीर घाइते भए । सोही कारण ५ मिनेट खेल अबरुद्ध भयो भने उनी खेल्न नसक्ने भएपछि उनको सट्टामा सोराब सरकार मैदान पसे ।

३५ औं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्री किक बिपक्षी किपरले मुश्किलले बचाए । ५४ औं मिनेटमा कोएरा लार्बाको पासमा सुशील केसीले प्रहार गरेको बल फस्ट बार हुँदै बाहिरियो । ६५ औं मिनेटमा अमित तामाङको प्रहार बिपक्षी गोलकिपरले मुश्किलले बचाए ।

बंगलादेशी टीम नारायणगञ्ज एफसीले केही गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा टोनी बारमोनको कडा प्रहार क्रसबार भन्दा थोरै मात्र माथीबाट बाहिरियो । ६६ औं मिनेटमा टोनी बारमोनकै प्रहार किपरले मुश्किलले पञ्च गरेर फाले ।