Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दुवईमा ‘नेफ्टा फिल्म अवार्ड -२०७२’ भव्यताका साथ सम्पन्न

Thursday, January 5, 2017 National Power

युएई दुबई, २१ पुस – नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा नेफ्टा फिम अवार्डको नवौं संस्करण भब्यरुपमा सम्पन्न भएको छ। शुक्रबार साँझ युएई दुबईस्थितआइस रिन्कको हलमा करिब एकसयभन्दा बढी कलाकार एवं सयौं दर्शकको उपस्तिथिमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ३१ बिधाका विजेतालाई अवार्ड बितरण गरिएको छ । प्रतिष्पर्धामा रहेका ३९ चलचित्रमध्ये ‘पशुपतिप्रसाद’ उत्कृष्ट चलचित्र घोषित भएको छ भने यसै फिल्मले उत्कृष्ट संवादको अवार्ड हात पारेको छ।

त्यस्तै उत्कृष्ट अभिनेतामा चलचित्र ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राईले अवार्ड जितेका छन्। नायक राई भने कार्यक्रममा उपस्थित थिएनन्। उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘क्लासिक’ बाट नम्रता श्रेष्ठले जितिन्।

नायक अनमोल केसीले लोकप्रिय अभिनेताको उपाधि जितेका छन्। नबौं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट डेब्यू अभिनेताको रुपमा ‘नाई नभन्नु ल ४’ बाट पल शाहले जितेका छन् डेब्यू अभिनेत्रीको अवार्ड ‘ड्रिम्स’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले हात पारेकी छिन्। त्यस्तै वृत्तचित्र फिल्म विधामा ‘मकैको बिहे’बाट लव प्याकुरेलले उत्कृष्ट गैर-काल्पनिक (वृत्तचित्र) फिल्म सम्पादकको अवार्ड प्राप्त गरेका छन्।

अवार्ड कार्यक्रममा सुरक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै दुई ब्यक्तिलाई विशेष सम्मान प्रदान गरेको छ। नेपाल प्रहरीका एसएसपि सर्बेन्द्र खनाल तथा केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाल सम्मानित भएका हुन् त्यसैगरी,पृथक योगदान सम्मान पाउनेहरूमा कलाकार सिताराम कट्टेल ( धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) रहेका छन्।

अवार्ड विजेताहरुको नामावलीः

सर्बोत्कृष्ट श्रृंगार – दिपु पौडेल (को आफ्नो)

सर्बोत्कृष्ट भेषभुषा – युबी थापा/योगिता पुन (प्रेमगीत)

सर्बोत्कृष्ट कला – पासांङ टि शेर्पा (वडा नं ६)

सर्बोत्कृष्ट द्वन्द निर्देशक – हिमाल केसी (भैरब)

सर्बोत्कृष्ट संगीत संयोजन – राजन ईशान (वडा नं ६)

सर्बोत्कृष्ट ध्वनी मिश्रण – उत्तम न्यौपाने (धौली)

सर्बोत्कृष्ट पार्श्वसंगीत – सुजिल कर्माचार्य (फन्को)

सर्बोत्कृष्ट गीतकार – कृष्णहरी बराल (नाई नभन्नु ल ४)

सर्बोत्कृष्ट कथा – राम बहादुर गुरूङ (कबड्डी कबड्डी)

सर्बोत्कृष्ट सम्बाद – खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

सर्बोत्कृष्ट पटकथा – सुबर्ण थापा (फन्को)

सर्बोत्कृष्ट हास्यकलाकार – विल्सन बिक्रम राई (अधकट्टी)

सर्बोत्कृष्ट सहअभिनेता – प्रकाश घिमिरे (पशुपतिप्रसाद)

सर्बोत्कृष्ट सहअभिनेत्री – निश्मा घिमिरे (जन्मभूमि)

सर्बोत्कृष्ट गायिका – अन्जु पन्त (प्रेमगीत)

सर्बोत्कृष्ट गायक – सुगम पोखरेल (प्रेमगीत)

सर्बोत्कृष्ट संगीतकार – अर्जुन पोखरेल (प्रेमगीत)

सर्बोत्कृष्ट नृत्य निर्देशक – रेनेसा बान्तवा राई (प्रेमगीत)

सर्बोत्कृष्ट सम्पादन (कथानक चलचित्र) – बिपिन मल्ल (फन्को)

सर्बोत्कृष्ट छॉयाकार – पुरूषोत्तम प्रधान (नाई नभन्नु ल ४)

सर्बोत्कृष्ट खलपात्र – बिपिन कार्की (पशुपतिप्रसाद)

सर्बोत्कृष्ट नवनायिका – साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)

सर्बोत्कृष्ट नवनायक – पल शाह (नाई नभन्नु ल ४)

सर्बोत्कृष्ट गैर-काल्पनिक (वृत्तचित्र) फिल्म सम्पादन – लव प्याकुरेल (मकैको बिहे)

लोकप्रिय नायिका – पुजा शर्मा (प्रेमगीत)

लोकप्रिय नायक – अनमोल केसी (ड्रिम्स)

लोकप्रिय चलचित्र – ड्रिम्स

सर्बोत्कृष्ट नायिका – नम्रता श्रेष्ठ (क्लासिक)

सर्बोत्कृष्ट नायक – दयाहाङ राई (कबड्डी कबड्डी)

सर्वोत्कृष्ट चलचित्र – पशुपतिप्रसाद

सर्वोत्कृष्ट निर्देशक – उज्जवल घिमिरे (वडा नं ६)

लाईफ़ टाईम अवार्ड – कुल बहादुर महत

उत्कृष्ट जनजाति चलचित्र – तिमि नभए

पृथक योगदान सम्मान – सिताराम कट्टेल र कुन्जना घिमिरे

प्रोत्साहन सम्मान – दिपाश्री निरौला

नेफ्टा स्वर्णिम सम्मान – भुवन चन्द थापा, चैत्यदेवी सिंह र बसुन्धरा भुसाल

विशेष सम्मान – सर्बेन्द्र खनाल र नबराज सिलवाल

युएई दुबईबाट दिपक थापा