Saturday 8th May 2021

    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा    इलाका प्रहरी कार्यालय बनेपाको उदाहरणीय काम, खाली अक्सिजन शिलिण्डर संकलन    आफ्नो ज्यान जोखिममा राखेर औषधी वितरण गदै मुक्ति बिष्ट    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन

मुर्रे पनि अस्ट्रेलियन ओपनबाट बाहिरे

Sunday, January 22, 2017 National Power


मेलबर्न – विश्व नम्बर १ एन्डी मुर्रेको पहिलोपटक अस्ट्रेलियन ओपन जित्ने सपना चकनाचुर भएको छ ।

विश्व वरियतामा ५० औँ स्थानमा रहेको मिस्चा जेभरेभसँग चौँथो चरणमा पराजित हुँदै मुर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सर्भमा आठ पटक गुमाएका मुर्रेलाई जेभरेभले ७–५, ५–७ ६–२, ६–४ ले पराजित गरेका हुन् ।

सन् २००९ पछि प्रतियोगिताबाट यति चाँडो बाहिरिएको मुर्रे पहिलो पटक हुन् । आफूभन्दा कम बरियताका खेलाडीसँग पराजित भएको सन् २००६ पछि पहिलो अवसर पनि हो ।

यसअघि उनको प्रतिद्वन्द्वी तथा ६ पटकका विजेता नोभक जोकोभिच पनि तेस्रो चरणबाट बाहिरिएका थिए ।