Sunday 5th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

Sunday, January 22, 2017 National Power

चार पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको प्रतिष्पर्धामा धरान फुटबल क्लवलाई ४/१ फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा क्याप्टेन अनिल गुरुङ र सुजल श्रेष्ठले २/२ गोल गरे ।

आइतबार भएको खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको मनाङको अगाडि धरान निरिह देखियो । अघिल्लो खेलमा पछिल्लो क्रममा र्फममा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २/१ ले पराजित गर्दै क्वाटरफाइनलमा आएको धरान मनाङका खेलाडी अघि खुलेर खेल्नै सकेनन् र त्यसको फाइदा मनाङले लियो ।

शुरुदेखी नै आक्रामक रणनीति अप्नाएको मनाङले ३३ औं मिनेटमा खाता खोल्यो । क्याप्टेन अनिल गुरुङको पासमा सुजलले हेडर गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।

त्यसको ८ मिनेटपछि नै अनिल गुरुङले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । उनले अफिज ओलावालेको क्रसमा दायाँ साईडबाट फष्र्ट बार च्यापेर हानेको बलले जाली चुम्यो ।

पहिलो हाफ २/० ले पछि परेको धरानले पहिलो दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि कमब्याक गर्न सकेन । ६० औं मिनेटमा अनिलले व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता तेब्बर बनाए ।

डिफेन्डर रोहित चन्दको पासमा दायाँ साईडबाट फष्र्ट बार च्यापेर हानेको हेडर बल गोलमा परिणत भयो । खेलको ६२ औं मिनेटमा सुजलले पनि दोश्रो गोल गर्दै खेल ४/० मा पुर्‍याए । अनिल गुरुङले किपरलाई छलेर दिएको पासलाई पोष्टको दिशा दिएका हुन् ।

३ गोल खाएर निराश धरानले ७३ औं मिनेटमा सान्त्वना गोल गर्‍यो । सब्ष्टीच्यूट खेलाडी वर्तमान राईले डि-एरियामा रहेका निशान लिम्बुलाई दिएको क्रस बल उनले ब्याकपास दिएपछि दीपक राईले गोल गर्दै गोल अन्तर ४/१ मा झारे ।

मनाङले थप केही गोल गर्ने अवसर खेर फाले । मनाङका विक्रम लामाले २० औं मिनेटमा गरेको कडा प्रहारमा बिपक्षी गोलकिपर पूर्ण चेम्जोङ बाधक बने । ६२ औं मिनेटमा अनिलको एक्रोब्याट खेर गयो । ओलावालेको क्रसमा डि एरियामा रहेका अनिलले गरेको प्रहार क्रसबार भन्दा थोरै माथिबाट बाहिरियो ।

धरानले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । ३१ औं मिनेटमा बिजय धिमालको क्रसमा निशान लिम्बुको प्रहार सेकेण्डबार हुँदै बाहिरियो । ७४ औं मिनेटमा बिजय धिमालको कडा प्रहार बिपक्षी किपरले पञ्च गरेर मुश्किलले बचाए । निर्धारित ९० मिनेटपछिको अतिरिक्त दोश्रो मिनेटमा दीपक राईको प्रहार क्रस बार भन्दा थोरै माथीबाट बाहिरियो ।

आइतबारको खेलमा मनाङका लागि २ गोल र एक गोल मिलाई दिने सुजल श्रेष्ठ म्यान अफ दी म्याच भए ।

बिजयी टिमका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफ्ना खेलाडीले पाएको अवसर सदुपयोग गर्दा जित निस्केको बताए । उनले आफ्नो रणनीतिअनुसार नै खेलाडीले खेल खेल्दा सहज जीत हात पारेको भन्दै खुशी व्यक्त गरे ।

पराजित टिमका प्रशिक्षक सुबास केसीले मनाङजस्तो बलियो टोलीसँग खोजेर ल्याएको खेलाडी खेलाउनु पर्दा पराजित हुनुपरेको बताए । उनले आफ्ना खेलाडी घाइते भएको तथा शुरुमै बिपक्षीले दुई गोल गर्दा खेलाडी आत्तिएर तालमेल बिगि्रँदा थप गोल खान पुगेको बताए ।

प्रतियोगिता अन्तर्गत सोमबार त्रिभूवन आर्मी र झापा ११ प्रतिष्पर्धामा उत्रिनेछन् । आर्मी बाई पाएर सिधै क्वाटरफाइनलमा आएको हो भने झापा ११ अमेरीकन टिम एएनए युएसएलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।