Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

ट्रम्प विरुद्धको प्रदर्शनीमा लाखौंको सहभागिता

Sunday, January 22, 2017 National Power

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहणमा लगभग १५ लाख मानिस सहभागी भएपनि मिडियाले झुठो विवरण पेस गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति भएपछि पहिलोपटक सिआईएको मूख्यालयको अवलोकन भ्रमण गरेका उनले सोही अवसरमा मिडियामाथि आरोप लगाएका हुन् । ‘मैले क्यापिटल हिलमा सम्बोधन गर्दा लगभग १५ लाख मानिस सहभागी भएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘मानिसको भिड क्यापिटल हिलबाट वासिङटन स्मारकसम्म रहेको देखिन्थ्यो ।’ तर विभिन्न मिडियाले खिचेको दृश्यले भने त्यसको ठिक विपरित रहेको पुष्टि हुन्छ ।

‘पत्रकारहरु दुनियाँकै सबैभन्दा अविश्वासिला प्राणी हुन्,’ ट्रम्पले पत्रकारहरुलाई पुन: तल्लोस्तरमा गाली गर्दै भनेका थिए ।

ह्वाइट हाउसका प्रेस सचिव सिइन स्पाइसर

शुक्रबार ट्रम्पको सम्बोधनपछि ह्वाइट हाउसका प्रेस सचिव सिइन स्पाइसरले पनि ‘सपथ ग्रहण समारोहमा अहिलेसम्मकै धेरै मानिसहरु सहभागी भएका थिए,’ भनेर दाबी गरेका थिए । यद्यपी उनिहरुले सो दाबीको पुष्टि गर्ने कुनैपनि प्रमाण पेस भने गरेका छैनन् । तर तस्बिर हेर्दा पूर्व राष्ट्रपति बाराक ओबामाको सन् २००९ को सपथ ग्रहणमा धेरै मानिस सहभागी भएको देखिन्छ ।

यस्तै शनिबार अमेरिका तथा विश्वको अन्य भागमा पनि ट्रम्प विरुद्ध प्रदर्शन भएका थिए । जसमा लाखौं मानिस सहभागी थिए । सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वासिङटनमै भएको थियो । जहाँ ५ लाखजना सहभागी भएको उक्त सहरका अधिकारीहरुले नै बताएका छन् भने न्यूयोर्क टाइम्सले चार लाख र अन्य सहर सिकागो र लसएन्जलसमा पनि लाखौं मानिस सहभागी भएको दाबी गरेको छ ।

प्रदर्शन मुख्यगरि महिला अधिकारका लागि गरिएको थियो । अधिकारवादीहरुले ट्रम्पको शासनकालमा महिला अधिकारमा कटौती हुने आशंका व्यक्त गरिरहेका छन् ।

यद्यपी सिआईए मुख्यालयमा सम्बोधन गर्दा उनले आफू विरद्ध भइरहेको प्रदर्शनका बारे भने केही पनि बोलेनन् । तर मिडिया माथि भने आक्षेपहरुको वर्षा नै गरेका थिए । उनले मिडियाले नै आफू र गुप्तचार संस्थाहरुबीच वैमनस्यता बढाउने काम गरेको पनि आरोप लगाएका छन् । ‘म सतप्रतिशत गुप्तचर संस्थाको पक्षमा छु र उनीहरुलाई मन पराउँछु,’ उनले भने, ‘तर मिडियाले हामीबीच वैमनस्यता ल्याउने प्रयास गरिरहेका छन् ।’

ट्रम्पले मिडियामाथि आक्षेप लगाइरहँदा सिआईएबाट पूर्व निर्देशक जोन ब्रेनानले भने, ‘उहाँले सिआईएका हिरोहरुका अगाडि आफ्नो गुनगान आफैं गाए । उनी आफैंसँग लज्जित हुनुपर्ने हो ।’

पछि ह्वाइट हाउसका प्रेस सचिव स्पाइसरले पनि मिडियाको आलोचना गरेका थिए ।

‘मिडियामा डोनाल्ड ट्रम्पलाई विश्वनीय बनाउने बारे बहस भइरहेको छ । त्यो दुईतर्फी हुन्छ,’ उनले भने, ‘हामी मिडियालाई पनि विश्वनीय बनाउने तर्फ काम गर्ने छौं ।’

आधिकारीक आंकणा नभएपनि ओबामाको पहिलो सपथ ग्रहण समारोहमा १८ लाख र २०१३ को दोस्रो सपथ ग्रहणमा १० लाख मानिस उपस्थित भएको अनुमान गरिँदै आएको छ ।