Tuesday 4th May 2021

    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन    कैलालीमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ    संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात    काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

कथा संग्रह मोह

Sunday, January 22, 2017 National Power


दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले हालसालै (पहिलो संस्करण ः २०७३)प्रकाशनमा ल्याएको सुन्दर खड्का द्वारा लिखित कथासङ्ग्रह ‘‘मोह’’ मा समावेश भएको पहिलो कथा । 

सदाझँै आज उजेली गाई बाख्रा चराउन वनमा गएकी छिन् । हिजो अस्तिको भन्दा चाँडै भएर होला उसका अरू दौँतरीहरू त्यहाँ आइपुगेका हुँदैनन् । वनमा एक्लै हुँदा अफ्ठ्यारो मान्छे—उजेली । गोठाला साथीहरू आउने बाटो एकोहोरो हेरिरहन्छे । त्यसैमा पर क्षितिजबाट एक हुल केटाकेटीहरू सकिनसकी पिठ्युँमा झोला बोकेर आइरहेका देखिन्छन् । आठदेखि सोह«–सत्र वर्षका देखिने ती केटाकेटीहरू आ–आफ्नै सुरमा त्यही वनको बाटो भएर स्कूल जाँदैं गरेको देखेकी उजेलीले मन खिन्न पारेर मनमनै कुराहरू खेलाउन थाल्छिन् । आफू सोह« वर्ष पार गर्न लाग्दा पनि एक पाइलासम्म स्कूलमा टेक्न नपाएकोमा दुःखी हुन्छिन् । हेर, यिनीहरूले जस्तै स्कूलमा पढ्न पाएको भए म पनि त धेरै पढेर ठूलो मान्छे भई गाउँ र समाजलाई केही न केही योगदान पु¥याउन सक्थँे होला नि ! यस्तै कुराहरू सोचिरहँदा उजेलीले गोठाला साथीहरू आपूm नजिकै आउँदासमेत पत्तै पाइनन् ।

एई उजेली ! के भयो ? किन यसरी टोलाएर बसेकी ? यसरी यस्तो हालतमा फेरि हिजोअस्तिको भन्दा छिटो आइछेस् तँ – एकै सासमा प्रश्नहरू ओइरिन्छन् जुनेलीका । गोठाला साथीहरूमध्येकी प्यारी साथी जुनेलीका यस्ता प्रश्नहरूले आपूmलाई जिस्काएको जस्तो महसुस गर्दै जिस्काइलो पाराले कुरा गर्न शुरू गर्छे —उजेली ।

उजेली तेरो घरमा आज निकै चहलपहल देखिन्छ नि । तँलाई केही पनि थाहा छैन कि क्या हो ? फेरि हिजोअस्तिको भन्दा छिट्टै गोठालो आइछेस् र आमाले केही भन्नुभएको छैन ? जुनेलीले भनी ।
हैन, आमालाई सोधेर नै गोठालो आएकी थिएँ । अहँ, आउने बेलामा पनि केही भन्नुभएन । बरु अलि न्याउरो अनुहार लगाएको जस्तो देखिनुहुन्थ्यो—उजेलीले एकै सासमा भनी ।

त्यस दिन पल्लागाउँका नरहरि बाजे छोरा शिवहरिलाई लिएर उजेलीलाई हेर्न आएका थिए । बाजे गाउँकै धनीमध्येका एक थिए । जग्गा जमीन प्रशस्त थियो तर सन्तानको नाममा शिवहरि एक्लै थिए । छोराले उजेलीलाई मन पराएमा त्यसै दिन बिहेको छिनोफानो गर्ने सोचमा थिए बाजे । नाम अनुसारकै गोरी, देख्दैमा राम्री, सर्लक्क मिलेको जिउडाल भएकी उजेलीलाई देख्ने जो कोहीले मन पराउने खालकी थिइन् । बाजेको सोचेकै भयो । शिवहरिले उजेलीलाई एकै नजरमा मन पराए । बिहेको कुरो छिनियो । टीकाटालो भयो । बिहेको मिति तोकियो । सुदिनमा शिवहरि र उजेलीको विवाह धुमधामसँग भयो ।

नरहरि बाजे गाउँका एक असल व्यक्ति थिए । सर्वगुण सम्पन्न बाजे समाजसेवी र इमान्दारिता उनको पर्यायवाची थियो । गाउँ समाजको हित हुने कार्यमा अरूभन्दा अगाडि हुन्थे । उनीप्रति सबैको नजर राम्रै थियो । बाजे गाउँ समाजमा जसरी व्यवहार गर्दथे, त्यसरी नै घरमा पनि कसैलाई मर्का हुने काम गर्दैनथे । छोराबुहारी आफ्नो अमूल्य सम्पत्ति हुन्, हेरविचार पु¥याउन सक्यो भने भविष्यमा यिनीहरू नैे आफ्नोे बुढेसकालको सहारा हुन्छन् भन्ने कुरामा विश्वास गर्दथे ।
उजेली पनि कम्तिकी दयालु थिइनन्, हरपल सासुससुरासहित सम्पूर्ण परिवारकै चिन्तामा रहन्थिन् । सबै परिवारमा माया थियो, ममता थियो, प्यार थियो, सद्भाव थियो, विश्वास थियो र आत्मीयता थियो । रहँदा बस्दा छ वर्ष बितिसकेछ । यसैबीच उजेली दुईवटा छोराको आमा भइसकेकी थिइन् । उजेलीका श्रीमान्ले काठमाडौंमा एक जना साथीसँगको साझेदारमा घरेलु उद्योगको लागि आवश्यक समानहरूको आयातनिर्यातको मौसमी व्यापार गर्ने हिसाबले एउटा अफिस खोलेका हुन्छन् । आपूm काठमाडौंंमा रहे तापनि आत्मा गाउँमै छुटेको भान हुन्थ्यो—शिवहरिको, किनकि जन्म दिने आमाबाबु गाउँमै थिए । त्यसैले त उनले त्यो मौसमी व्यापार गर्ने अफिस रोजेका थिए । व्यापारबाट मनग्गे आम्दानी भइरहेको थियो । खेतीपातीको आयस्ता र छोराको व्यापारको आम्दानीले गर्दा गाउँमा बाजेको सम्पत्ति बढ्दै गएको थियो । मानसम्मान बढ्दै थियो ।

शिवहरि व्यापारको सिलसिलामा कहिलेकाहिँ महिनौं दिन सहरमै हुन्थे भने कहिलेकाहिँ महिनौँसम्म घरमै बस्दथे । यसले गर्दा नै उनले बाबु, आमा, श्रीमती र छोराहरूको हेरचारमा ध्यान पु¥याउन सकेका थिए । घर परिवारको माया, ममता, हाँसो खुसीभन्दा अरू ठूलो हुँदैन भन्ने मान्यता राख्दथे । त्यसैले उनी श्रवणकुमारले भैmँ आमाबाबुको स्याहारसुसारमा धेरै मन लगाउने गर्दथे । परिवारका सबै सदस्यहरूलाई आपूmलाई भन्दा बढी माया गर्दथे । सामाजिक कार्यमा समेत त्यत्तिकै खटिन्थे । आफ्नी अर्धाङ्गिनीलाई कुनै कमी नहोस् भनेर आपूm सजग रहन्थे । छोराहरू पनि हुर्कंदैं थिए । जेठो छोरो स्कूल जाने भइसकेको थियो । उसलाई गाउँकै हाईस्कूलमा भर्ना गरिदिएका थिए । उसकोे पढाइ पनि राम्रै थियो । सानो छोराले पनि आमाको दूध खान छोडिसकेकोले दुई चार दिन घरमै छाडेर कतै जान उजेलीलाई रोकतोक थिएन ।

एक दिन उजेलीले श्रीमान् घर आएको मौका छोपी आपूmमा पशुपतिनाथको दर्शन गर्ने, सोही मौकामा श्रीमान्को अफिसको बारेमा बुझ्ने र त्यसको साथसाथै काठमाडौं सहर घुम्ने रहर रहेको कुरा व्यक्त गरिन् । श्रीमतीको इच्छाबमोजिम शिवहरिले पनि सबै कुराको आवश्यक व्यवस्था गरी बुबाआमाको अनुमति लिएर उजेलीलाई लिएर काठमाडौँ लागे । त्यसो त आमाबुबालाई यसअघि नै उनले काठमाडौँ घुमाइसकेका थिए ।

आहा ! सहर कति रमाइलो रहेछ– मानिसका हुलहरू निस्फिक्रीसँग कसैको प्रवाह नगरी आ–आफ्नोे गन्तव्यमा हिंडिरहेका । फराकिला सडकमा सवारी साधनहरूको घुइँचो । ठाउँठाउँमा ठूलाठूला चौबाटाहरू । सडकको दुवै किनारामा सिपाहीझैँ लहरै उभिएका ठूलाठूला भवनहरू । जताततै झिलिमिली उज्यालोले गर्दा सहरलाई सुन्दर बनाएको आदि रमाइला दृश्यहरू हेर्दाहेर्दै उजेली श्रीमान्सँगै डेरामा पुग्छिन् । लामो बसको यात्राले गर्दा थकित भएका उनीहरू होटलबाट खाना मगाएर कोठामै खान्छन् । त्यस दिन बाहिर निस्किँदैनन् ।

क्रमशः ……