Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फेसबुकका मालिक, जाे फेसबुक अाँफै चलाउँदैनन् ।

Saturday, January 21, 2017 National Power

फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफैं फेसबुक कति चलाउँछन् होला ? पत्याउन गाह्रो पर्छ, तर सत्य के हो भने उनी आफैं फेसबुक चलाउँदैनन् ।

त्यसो त जुकरबर्गको फेसबुक अकाउन्ट एक्टिभ छ र नियमित अपडेट भइरहेको हुन्छ । तर ती अपडेटहरु उनी आफैंले गरेका होइनन् । आफ्नो फेसबुक प्रोफाइल अपडेट गर्न उनले एक दर्जन कर्मचारी भर्ती गरेका छन् । ती कर्मचारीले दैनिकरुपमा जुकरबर्गका सोचविचार, उच्चस्तरीय वैठकका विवरण तथा उनकी श्रीमती र छोरीका सुन्दर तस्वीरहरु पोस्ट गर्ने गर्छन् । साथै उनको पेजमा आएका अराजक र आपत्तिजनक टिप्पणीहरु हटाउने तथा स्पाम सफा गर्ने जिम्मेवारी पनि उनीहरुलाई हुन्छ ।

सन् २००४ मा फेसबुक स्थापना गरेका जुकरबर्गले यसलाई ५३ अर्ब ६० करोड डलर मूल्यको बनाइसकेका छन् । यी ३२ वर्षका युवालाई फेसबुकमा ८ करोड ५० लाख व्यक्तिहरुले फलो गर्छन् ।

जुकरबर्कले केही व्यवसायिक फोटोग्राफर पनि भर्ती गरेका छन्, जसले उनी विभिन्न स्थानको भ्रमणमा जाँदा तथा अन्य अवसरहरुका तस्वीर खिच्छन् । वाशिंटन पोस्टका अनुसार उनले भर्ती गरेका एक जना पि्रय फोटोग्राफर चाल्र्स ओम्मान्नी हुन्, जसले सिरियाको शरणार्थी संकटको कभरेज गरेबापत अवार्ड जितेका थिए ।

जुकरबर्गको फेसबुक पेजमा पोस्ट भएको पछिल्ला तस्वीरहरु दालास भ्रमणका छन्, जसमा उनी विभिन्न सामुदायिक परियोजनाहरुमा भाग लिइरहेका देखिन्छन् । हालै उनी आफूविरुद्धको २ अर्ब डलरको मुद्दामा बयान दिन टेक्सासको अदालत जाँदाखेरीको तस्वीर भने फेसबुकमा पोस्ट भएन ।