Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अायाेजक साहारा विजयी

Saturday, January 21, 2017 National Power

सिक्किम यूनाईटेड फुटबल क्लब भारत पोखरामा जारी आहा ! रारा गोल्डकपको पहिलो खेलबाटै घर फर्कन बाध्य भएको छ ।

शनिबार पोखरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलमा पाहुना टोली सिक्किम युनाईटेड आयोजक सहारा क्लबसँग टाईब्रेकरमा ४-२ ले पराजित भयो । अघिल्लो संस्करणमा पनि सिक्किमको बाधक सहारा नै बनेको थियो । अघिल्लो वर्षको खेलमा सहाराले सिक्किमलाई २-० ले पराजित गरेको थियो ।

खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट पनि दुबै टोली गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइयो । सहाराका सुुशन गुरुङ, शिव सुवेदी, रमेश मगर र उत्तम गुरुङले गोल गरे । सिक्किम युनाईटेडका तर्फबाट संजय क्षेत्री र फुर्वा छिरीङ भुटियाले गोल गरे ।

सोनाम थुप्देन र आसिस क्षेत्री गोल गर्न चुक्दा सिक्किम पराजित भयो । थुप्देनको प्रहार पोष्ट माथिबाट बाहिरियो भने क्षेत्रीको प्रहार सहाराका गोलरक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरे ।

यसअघि निर्धारित र थपिएको समयमा दुवै पक्षले गोल गर्ने राम्रा अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेनन् । सहाराका अजई मार्टिनले छैटौं मिनेटमै गोल गर्ने अवसर खेर फाले । उनले डि एरिया नजिकबाट सेकेण्ड बार च्यापेर प्रहार गरेको बल बाहिरियो । २१ औं मिनेटमा पुनः मार्टिन गोल गर्न चुके ।

रिचार्ड पुन र बिपक्षी गोलकिपर बल खोसाखोस गर्ने क्रममा मार्टिनको खुट्टामा बल आईपुगेपनि बाहिर फाले । उनै मार्टिनले २२ औं मिनेटमा रिचार्ड पुनले दिएको क्रस पासलाई पोष्टमा चार्ज गर्दा क्रसबार माथीबाट बाहिरियो । ४१ औं मिनेटमा शिव सुवेदीको क्रस बलमा रिचार्ड पुनले प्रहार गरेको बलपनि बिपक्षी किपरले जोगाए । ५० औं मिनेटमा मार्टिन बिपक्षी किपरसँग वान भर्सेस वानमा गोल गर्न चुके । ९४ औं मिनेटमा शिव सुवेदीले दायाँ साइडको करीब ६ यार्ड नजिकबाट प्रहार गरेको बल क्रसबार माथीबाट बाहिरियो ।

१२ औं मिनेटमा सोनाम छिरिङको क्रसमा सिक्किमका सञ्जय क्षेत्रीले प्रहार गरेको बल क्रसबार भन्दा थोरै माथीबाट बाहिरियो । २९ औं मिनेटमा सोनामकै पासमा सञ्जय क्षेत्रीले गरेको हेडर बल क्रसबारमा लागेर फर्कियो । ४५ औं मिनेटमा सोनामकै क्रसमा नादोङको हेडर बल पनि क्रसबारमा लागेर फर्कियो । ५७ अैं मिनेटमा सञ्जय क्षेत्रीको पासमा सब्ष्िटीच्यूट खेलाडी पेमा छिरिङ भुटियाको कडा प्रहार क्रसबार माथीबाट बाहिरियो । ६२ औं मिनेटमा सञ्जय क्षेत्रीको फ्रिकिकलाई नादोङ भुटियाले गरेको हेड पनि क्रसबारमा लागेर फर्कियो ।

खेलमा यूनाईटेड सिक्किमका सञ्जय क्षेत्री म्यान अफ दी म्याच घोषित भए ।

पराजित टीम सिक्किमका प्रशिक्षक अर्जुन राईले पाएको थुपै्र अवसर गोलमा परिणत गर्न नसक्नु नै हारको प्रमुख कारण भएको बताए । उनले भाग्यले साथ नदिँदा पनि हार्नुपरेको बताए ।

शनिबारको बिजेता सहारा क्लबले फाइनल प्रवेशका लागि झापा ११ र त्रिभुवन आर्मी बिचको विजेता टिमसँग माघ १२ गते प्रतिष्प्रर्धा गर्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गत आइतबार दोश्रो क्वार्टरफाइनलमा ४ पटकको विजेता मनाङ मस्र्याङदी क्लव र धरान फुटवल क्लब आमनेसामने हुनेछन् ।