Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

संकटा क्वाटरफाइनलमा

Friday, January 20, 2017 National Power

संकटा क्लब पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाँच पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई २ – १ ले पराजित गर्दै संकटा क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस संकटासंग पराजित भएको हो । खेलको ३५ औं मिनेटमा रवि पासवानको गोलबाट पुलिसले सुरुवाती अग्रता लिएको थियो । तर, दोस्रो हाफमा पुलिसले दुई गोल खादै प्रतियोगिताबाट बाहिरियो । संकटाको जीतमा विश्व अधिकारीले ६४ औं र अनिल गरुङले ८७ औं मिनेटमा गोल गरेका थिए ।

संकटाले अब सेमिफाइनल प्रवेशको बंगलादेशको फरसह्गन्जसँग खेल्नेछ । साहारा क्लब पोखराको आयोजनमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख १ हजार एक तथा उपविजेताले २ लाख ५१ हजार एक रुपैयाँ जित्नेछन् ।