Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

संकटा क्वाटरफाइनलमा

Friday, January 20, 2017 National Power

संकटा क्लब पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाँच पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई २ – १ ले पराजित गर्दै संकटा क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस संकटासंग पराजित भएको हो । खेलको ३५ औं मिनेटमा रवि पासवानको गोलबाट पुलिसले सुरुवाती अग्रता लिएको थियो । तर, दोस्रो हाफमा पुलिसले दुई गोल खादै प्रतियोगिताबाट बाहिरियो । संकटाको जीतमा विश्व अधिकारीले ६४ औं र अनिल गरुङले ८७ औं मिनेटमा गोल गरेका थिए ।

संकटाले अब सेमिफाइनल प्रवेशको बंगलादेशको फरसह्गन्जसँग खेल्नेछ । साहारा क्लब पोखराको आयोजनमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख १ हजार एक तथा उपविजेताले २ लाख ५१ हजार एक रुपैयाँ जित्नेछन् ।