Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

ब्याट एन्ड बल फाउन्डेसनले डेव ह्वाटमोरलाई नेपाल ल्याउँदै

Friday, January 20, 2017 National Power

विश्वकप विजेता श्रीलंकाका पूर्व क्रिकेट प्रशिक्षक डेव ह्वाटमोर नेपाल आउने भएका छन् । अर्को साता सार्वजनिक हुन लागेको ब्याट एन्ड बल फाउन्डेसनले नेपाली क्रिकेटसँगको सम्बन्ध जोड्न १८ दिनका लागि ह्वाटमोरलाई नेपाल ल्याउन लागेको हो ।

ह्वाटमोर शनिबार काठमाडौं आइपुग्ने छन् । उनले नै ब्याट एन्ड बल फाउन्डेसनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि उनले दुईदिने प्रशिक्षण कोर्समा नेपाली प्रशिक्षकसँग आफ्नो अनुभव बाँड्ने कार्यक्रम छ । फाउन्डेसनको खर्चमा आउन लागेका ह्वाटमोरसँग त्यसपछि नेपाली खेलाडीले एउटा क्याम्पमा प्रशिक्षण लिनेछन् । उक्त क्याम्पमा राष्ट्रिय टोलीका दुई दर्जन र नेपाली यू–१९ का १० खेलाडी समावेश हुने जनाइएको छ ।

फाउन्डेसनका अध्यक्ष पारस शाक्यले भने, ‘यो हाम्रो पहलमा भएको हो, नेपाली क्रिकेट कठिन स्थितिबाट गुज्रिरहे पनि क्रिकेटले राम्रो गरिरहेको सन्देश हामीले दिन लागेका हौं । नेपाली क्रिकेटका लागि एउटा क्याम्प गर्न उहाँले सहर्ष स्वीकार्नुभयो । उहाँ जस्तो हाईप्रोफाइल प्रशिक्षकको शिक्षा पाउँदा हाम्रा खेलाडीले पनि त्यसको फाइदा लिन सक्छन् ।’

श्रीलंकन मूलका ह्वाटमोरले अस्ट्रेलियाका लागि ७ टेस्ट र १ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनकै प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । उनले बंगलादेश, पा