Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अाज सपथ लिँदै ट्रम्प

Friday, January 20, 2017 National Power

वासिङटनमा २० जनवरीको विहान ह्वाइट हाउसको पलङमा बाराक ओबामाले आँखा खोल्नेछन् । तर, जब रात पर्नेछ त्यो पलङमा ओबामा होइन, डोनाल्ड ट्रम्प सुत्नेछन् ।

दिनको ठिक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ र परम्पराअनुसार त्यसको एक मिनेट अगाडिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न सक्दैनन् । वर्षौंदेखि चल्दै आएको परम्पराअनुसार नेतृत्व अदलबदल गर्ने प्रक्रियाका लागि ह्वाइट हाउसका कर्मचारीहरुसँग केवल घन्टाको समय हुन्छ ।

donald-trump

बिहान साढे १० बजेको आसपास जब ट्रम्प आफ्नो उद्घाटन भाषणका लागि तयार भइरहँदा दुईवटा ठूला ट्रक ह्वाइट हाउसभित्र पस्छन् र उल्टोपट्टी मुख फर्काएर ठडिन्छन् ।

सयभन्दा बढी कर्मचारीहरु विजुलीको गतिमा एउटा ट्रकमा ओबामाको गुन्टा लाद्न शुरु गर्नेछन् र अर्को ट्रकबाट ट्रम्पको सामान ओसार्न थाल्छन् । ह्वाइट हाउस प्रशासनका अनुसार यो काम फौजी शैलीमा सम्पन्न हुन्छ ।

यही बीचमा पर्खालमा रंगरोगन गरेर टिलिक्क पारिन्छ । नयाँ कार्पेट विछ्याइन्छ । शिशाहरु सफा गरिन्छ । साँझ पर्दा नपर्दै १३२ कोठाको ह्वाइट हाउस नयाँ राष्ट्रपति र उनको परिवारलाई स्वागत गर्न तयार हुन्छ ।

नयाँ राष्ट्रपति ह्वाइट हाउसमा प्रवेश नगरुन्जेलसम्म भने सबै जिम्मेवारी उनकै हुन्छ ।

barak-obama

अोबामा सन् २००९ मा सिकागोबाट वासिंटन आउँदा आफ्नो सबै सामान आफ्नै खर्चमा ल्याएका थिए । उनको सामान ह्वाइट हाउसमा भित्रिइसकेपछि त्यसलाई कसरी खोल्ने, कहाँ राख्ने सबै कर्मचारीहरुको जिम्मेवारीमा पर्छ ।

आमरुपमा सबै राष्ट्रपति वा उनकी पत्नीले हृवाइट हाउसभित्रको सजावटमा आफ्नो रुचीअनुसार केही फेरबदल गर्ने गर्छन् । ट्रम्प आफ्नी पत्नी मेलानियासँग एकदम चमकदमकयुक्त आफ्नो पेन्टहाउसमा सुनौलो प्लेटयुक्त पलङ र महंगो झुमरसँग अभ्यस्त छन् । तर, उनले भनेका छन् कि हृवाइट हाउसको सजावटमा उनले खासै ठूलो फेरबदल गर्ने छैनन् ।

न्यूयोर्क पत्रिकाका अनुसार मेलानिया एउटा ‘ग्ल्याम रुम’ बनाउन चाहन्छिन्, जुन उनको मेकअप र साजसज्जाका निम्ति हुनेछ । त्यो कोठामा प्रकाश र बाँकी सजावटमा खास ध्यान दिइनेछ । मेलानियालाई मेकअप गर्न सवा घन्टा लाग्ने गर्छ ।

सामान्यतः ऐतिहासिक महत्वका वस्तुहरुमा कुनै फेरबदल गरिँदैन तर, पूर्व राष्ट्रपतिहरुले सानातिना चिजहरु परिवर्तन गर्ने गरेका छन् ।

ओबामाले एउटा टेनिस कोर्टलाई बास्केटबल कोर्टमा रुपान्तरण गरेका थिए । फोर्डले एउटा आउटडोर स्वीमिङ पुल बनाएका थिए भने क्लिन्टनले आठ सिटको एउटा हट टब बनाएका थिए ।

२० जनवरीको अबेर साँझमा जब ट्रम्प आफ्नो भाषण र परेडसहितको समारोहबाट फर्किनेछन्, ह्वाइट हाउसका भान्सेहरुलाई उनका लागि खाना तयार गर्ने चटारो हुनेछ । भोलिपल्टदेखि ट्रम्प परिवारको रुचीअनुसार खाना पाक्नेछ ।

बीबीसीबाट अनुवादित