Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इरानमा १७ तले भवन खस्दा कम्तिमा २५ अग्निनियन्त्रकको मृत्यु

Thursday, January 19, 2017 National Power

इरानको राजधानी तेहरानमा १७ तले भवन आगो लागेर खस्दा कम्तिमा २५ जना अग्निनियन्त्रकको मृत्यु भएको छ ।

आगलागी भएको १७ तले प्लास्को भवनलाई जोगाउन करिब २ सयको संख्यामा अग्निनियन्त्रकहरुको प्रयास गरिरहेका थिए जब भवन अचानक ढल्न पुग्छ ।

उद्दारकर्मीहरुले भगनावशेषमा हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।


सन् १९६२ मा बनेको उक्त भवन तेहरानको सबैभन्दा अग्लो भवन थियो ।

भवनको नवौँ तलामा स्थानीय समयअनुसार बिहान ८ बजेदेखि आगलागी शुरु भएको थियो ।

आगालागी नियन्त्रण गर्न कयौँ अग्निनियन्त्रक भवनमा नै रहेका थिए ।


राष्ट्रपति हसान रुहानीले घटनाको छानविन गर्न निर्देशन दिएका थिए ।

स्थानीय मिडियाका अनुसार यसअघि पनि भवनमा आगलागी भएको थियो ।