Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

इरानमा १७ तले भवन खस्दा कम्तिमा २५ अग्निनियन्त्रकको मृत्यु

Thursday, January 19, 2017 National Power

इरानको राजधानी तेहरानमा १७ तले भवन आगो लागेर खस्दा कम्तिमा २५ जना अग्निनियन्त्रकको मृत्यु भएको छ ।

आगलागी भएको १७ तले प्लास्को भवनलाई जोगाउन करिब २ सयको संख्यामा अग्निनियन्त्रकहरुको प्रयास गरिरहेका थिए जब भवन अचानक ढल्न पुग्छ ।

उद्दारकर्मीहरुले भगनावशेषमा हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।


सन् १९६२ मा बनेको उक्त भवन तेहरानको सबैभन्दा अग्लो भवन थियो ।

भवनको नवौँ तलामा स्थानीय समयअनुसार बिहान ८ बजेदेखि आगलागी शुरु भएको थियो ।

आगालागी नियन्त्रण गर्न कयौँ अग्निनियन्त्रक भवनमा नै रहेका थिए ।


राष्ट्रपति हसान रुहानीले घटनाको छानविन गर्न निर्देशन दिएका थिए ।

स्थानीय मिडियाका अनुसार यसअघि पनि भवनमा आगलागी भएको थियो ।