Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जाेकाेभिककाे अप्रत्यासित हार, अस्ट्रेलियन ओपनबाट बाहिरिए

Thursday, January 19, 2017 National Power

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच ११७ औँ वरियतामा रहेका डेनिस इस्टोमिनसँग अप्रत्यासितरुपमा पराजित हुँदै अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् ।

छ पटकका विजेताले खेलमा लय पक्रन नसक्दा ४ घण्टा ४८ मिनेटको खेलपछि ७–६ (१०–८), ५–७, २–६, ७–६ (७–५) र ६–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सन् २००८ को विम्बेल्डनपछि कुनै पनि ग्राण्ड स्लाम प्रतियोगिताको दोस्रो चरणबाटै २९ वर्षीय जोकोभिच बाहिरिएको यो पहिलो अवसर हो ।


नतिजासँगै अस्ट्रेलियन ओपनको उपाधि जित्न विश्व नम्बर १ एन्डी मुर्रे प्रबल दाबेदार बनेका छन् ।

मुर्रे यसअघि नै प्रतियोगिताको तेस्रो चरणमा पुगेका छन् ।

मेलबर्नमा पछिल्ला ७ वर्षमा ५ वटा फाइनल गुमाएका मर्रेले त्यसमध्ये चार फाइनल जोकोभिचसँग हारेका थिए ।