Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जाेकाेभिककाे अप्रत्यासित हार, अस्ट्रेलियन ओपनबाट बाहिरिए

Thursday, January 19, 2017 National Power

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच ११७ औँ वरियतामा रहेका डेनिस इस्टोमिनसँग अप्रत्यासितरुपमा पराजित हुँदै अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् ।

छ पटकका विजेताले खेलमा लय पक्रन नसक्दा ४ घण्टा ४८ मिनेटको खेलपछि ७–६ (१०–८), ५–७, २–६, ७–६ (७–५) र ६–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सन् २००८ को विम्बेल्डनपछि कुनै पनि ग्राण्ड स्लाम प्रतियोगिताको दोस्रो चरणबाटै २९ वर्षीय जोकोभिच बाहिरिएको यो पहिलो अवसर हो ।


नतिजासँगै अस्ट्रेलियन ओपनको उपाधि जित्न विश्व नम्बर १ एन्डी मुर्रे प्रबल दाबेदार बनेका छन् ।

मुर्रे यसअघि नै प्रतियोगिताको तेस्रो चरणमा पुगेका छन् ।

मेलबर्नमा पछिल्ला ७ वर्षमा ५ वटा फाइनल गुमाएका मर्रेले त्यसमध्ये चार फाइनल जोकोभिचसँग हारेका थिए ।