Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

स्मिथकाे प्रेरणामा अष्ट्रेलियालाइ श्रृंखला

Thursday, January 19, 2017 National Power

कप्तान स्टिभ स्मिथको शतको मद्दतले अस्ट्रेलियाले पाकिस्तानलाई एकदिवसीय श्रृंखलाको तेस्रो खेलमा ७ विकेटले पराजित गरेको छ ।

जितसँगै अस्ट्रेलियाले पाँच खेलको श्रृंखलामा २–१ को अग्रता बनाएको छ ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य अस्ट्रेलियाले ३० बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।

कप्तान स्मिथले शतकीय पारी खेल्दै १ सय ८ रन बनाए । योसँगै उनी सबैभन्दा चाँडो ३ हजार रन पूरा गर्ने अस्ट्रेलियाली खेलाडी बनेका छन् ।


उनले शतक बनाउने क्रममा ११ चौका र १ छक्का प्रहार गरे । उनलाई एकदिवसीयमा डेब्यु गरिरहेका पिटर ह्याण्डसकम्बले ८२ रन बनाउँदै राम्रो साथ दिए ।

उनीहरु बाहेक डेभिड वार्नरले ३५ तथा ट्राभिस हेडले २३ रनको योगदान दिए ।

यसअघि टस जितेर अस्ट्रेलियाले ब्याटिङ गर्न पठाएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो ।

पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ८४ तथा सर्जिल खानले ५० रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि जस हेजलवुडले ३ विकेट लिए भने हेडले २ विकेट लिए ।

कप्तान स्मिथ म्यान अफ द म्याच घोषित भए ।