Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

संसारका अपाच्य १० विवाह

Thursday, January 19, 2017 National Power

हाम्रो समाजमा एउटै गोत्र र थरका व्यक्तिहरुबीच विहेबारी चल्दैन । एउटै परिवारभित्र वैवाहिक सम्वन्धको त कल्पना पनि गरिदैन । तर, संसारमा यस्ता घटना भएका छन् जहाँ एउटी आमा आफैंले जन्म दिएको छोराकी श्रीमती हुन पुग्छिन् । अनि एउटा बाबु आफ्नी छोरीलाई श्रीमती बनाउछ । सीमा नाघेर राखिएका यस्ता केही सम्वन्धहरुबारे यहाँ चर्चा गरिएको छ ।

१. छोराबाट गर्भवती हुन चाहने आमा

अमेरिकाको मिचिगनमा बस्ने ५२ वर्षकी किम वेस्ट पछिल्ला ३ वर्षदेखि आफ्नो छोरा बेन फोर्डसँग सम्वन्धमा छिन् । अघिल्लो वर्ष उनीहरुको हर्कत सार्वजनिक रुपमा छताछुल्ल भएको थियो ।

बेनलाई जन्माएको केही हप्तापछि नै किमले आफ्नो बच्चा अरु कसैलाई पाल्न दिएकी रहिछन् । धेरै वर्षपछि आमा छोराको भेट हुँदा उनीहरुबीच अर्कै खालको भावनाले डेरा जमाउन थाल्यो । बेनले आफ्नी आमालाई श्रीमती बनाउन आफ्नी श्रीमतीसँग सम्वन्धविच्छेद गरे । अहिले बेन र किम श्रीमान-श्रीमती भएर बाँचिरहेका छन् । किम चाँडै बेनको बच्चाको आमा बन्न चाहन्छिन् । उनीहरुको सम्वन्धका विषयमा चर्को विवाद भयो तर उनीहरु अलग भएनन् ।bihe1

२. नातिसँग प्रेम गर्दा हजुरआमा जेलमा

इन्डियानामा बस्ने ७२ वर्षकी पर्ल कार्टर आफ्नै नातिसँग प्रेम गर्न पुगिन् । उनले आफ्नो प्रेमलाई वैवाहिक सम्वन्धमा बदलिन् पनि । हजुरआमा र नातिको जोडीले ४ वर्ष सँगै रहेपछि भाडाको कोखमार्फत बच्चा जन्माउने निर्णय लिएका थिए । तर यो खबर बाहिर फैलिएपछि प्रहरीले पर्ललाई पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा उनले आफूहरु एकअर्काको निम्ति नै बनेको बताइन् । उनले यो पनि भनिन् कि, आफूहरुले सार्वजनिक स्थानमा किस गर्दा मानिसहरुले मजाक बनाउछन् । उनी हाल जेल सजायँ काटिरहेकी छिन् ।bihe-2

३. पारिवारिक जमघटमा अंकलसँग प्रेम

वाशिंटनमा बस्ने ट्रेसी शेननको टिमोथी म्याकनेमारसँग एउटा पारिवारिक जमघटमा भेट भयो । उनीहरु नाताले काका-भतिजी थिए । पहिलो भेटमै उनीहरु एक-अर्काप्रति आकषिर्त भए । दुवैबीच प्रेम भएपछि परिवारले आपत्ति जनायो । परिवारबाट बच्न उनीहरु घर छोडेर अर्कै शहरमा बस्न थाले । उनीहरु सुखी जिन्दगी बिताइरहेका थिए । यत्तिकैमा कसैले टिमोथिलाई गोली हानेर मार्‍यो र त्यसको आरोप उनकी प्रेमिकामाथि लाग्यो । यसरी यो सम्वन्धको अन्त्य भयो ।
bihe-3
४. बाबुसँग विवाह र सम्वन्धविच्छेद

यो घटनामा विवाह गर्नुअघि दुवैलाई थाहा थिएन कि उनीहरु बाबु-छोरी हुन् । ६७ वर्षका ब्रुस म्याकमाहोले आफ्नी छोरी लिन्डा होजसँग विवाह गर्न पुगेका थिए । ब्रुस अमेरिकाका धनी मानिसभित्र पर्दछन् । एक वर्षसम्म प्रेममा लिन भएपछि उनीहरुले बिवाह गरेका थिए । तर विवाहको एक वर्षपछि ब्रुसले थाहा पाए कि लिन्डा उनकी सानैमा विछोडिएकी छोरी थिइन् । त्यसपछि उनीहरु दुवैले सम्वन्धविच्छेदका लागि अदालतको ढोका ढक्ढक्याए ।bihe-4

५. दाजु बहिनी बने श्रीमान-श्रीमती

आयरल्याण्डमा थुप्रै वर्षदेखि सम्वन्धमा रहेको एक जोडीले बच्चा पाइसकेपछि थाहा पाए कि उनीहरु खासमा दाजु बहिनी हुन् । जेम्स र मौरा दुवै फरक-फरक शहरमा हुर्किएका थिए । एक पार्टीमा दुवैको भेट भयो । भेटपश्चात उनीहरुबीच प्रेम सुरु भयो । दुई वर्ष सँगै बिताएपछि उनीहरुको बच्चा पनि भयो । जेम्सकी आमाले उनको गर्लप|mेन्डको विषयमा सोधेपछि यो कुरा पर्दाफास भयो कि उनीहरु दाजुबहिनी हुन् । तर यो खुलासापछि पनि उनीहरु छुट्टनि सकेनन् र विहे गरेर बसे ।bihe-5

६. भतिजीसँग बिहे गर्न कानूनको सहारा

अमेरिकामा बस्दै आएका भियतनामी ३४ वर्षका हुये गुयेन र उनका श्रीमान वु त्रुओंगलाई सन् २०१४ मा देश छोड्ने आदेश दिइयो । नाताले उनीहरु काका-भतिजी रहेछन् । त्यसैले उनीहरुको सम्वन्धलाई अवैध करार दिएर सजाय स्वरुप देश छाड्न भनिएको थियो । तर दुवैले आफूहरुबीचको १४ वर्ष लामो सम्वन्धको हवाला दिएर अदालतको ढोका ढक्ढक्याउन पुगे ।
अदालतले उनीहरुको विहेलाई मान्यता दियो ।bihe-6

७. पहिले छोरा र पछि छोरीसँग आमाको बिहे

ओक्लाहोमा बस्ने पेटि्रक स्पेनलाई आफ्नी २५ वर्षकी छोरीसँग बिहे गरेको आरोपमा पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा यो पनि खुलासा भयो कि छोरीभन्दा अगाडि पेटि्रकले छोरासँग पनि बिहे गरेकी रहिछन् । डिपार्टमेन्ट अफ ह्यूमन सर्भिसेजले जब पेटि्रसँग बयान लिँदा थाहा भयो कि, धेरै वर्ष अगाडि उनको आफ्ना छोराछोरीसँग विछोड भएको रहेछ । जब उनले धेरै पछि छोरा र छोरीलाई भेटिन्, उनीहरुप्रति शारीरिक रुपमै आकषिर्त भइन् ।
bihe-7
८. बाबुको बिहे छोरासँग

अमेरिकाका ७९ वर्षका निनोले ६९ वर्षका रोनाल्डलाई धर्मपुत्र बनाएका थिए । अमेरिकामा समलिंगी बिहेका लागि कसैलाई धर्मपुत्र-पुत्री बनाउने चलन व्याप्त छ । तर यो जोडीले धेरै नै हन्डर खानुपर्‍यो किनकि उनीहरु कानूनीरुपमा बाबु-छोरा थिए । बिवाह गर्नका लागि उनीहरुले बाबुछोराको कानूनी सम्वन्धलाई तोडिदिए ।bihe-8

९. पत्नीको इच्छा पूरा गर्न छोरीसँग विहे

जिम्बाबेका किलियन मोयोले आफ्नी १४ वर्षकी छोरीसँग बिहे गरे । उनकी श्रीमतीको पहिल्यै मृत्यु भइसकेको थियो । मोयोका अनुसार मर्ने बेलामा उनकी श्रीमतीले भनेकी थिइन् कि, मेरो ठाउँमा मेरी छोरीलाई श्रीमती बनाउनु । त्यही भएर नाबालिक छोरीसँग बिहे गरेको उनी बताउछन् ।bihe-9

१०. बाबुसँग छोरीको लसपस, बिहेको तयारी

२०१५ मा एउटी किशोरीले आफ्नी बाबुसँग बिहे गर्ने कुरा सार्वजनिक रुपमै भनिदिएपछि निकै हल्लाखल्ला भयो । खासमा यी बाबुछोरी १२ वर्षसम्म भेट भएका रहेनछन् । १६ वर्षकी छोरीलाई बाबुले फेसबुकमा म्यासेज पठाए । चाँडै नै दुवैले एक अर्कालाई प्रेम गर्न थाले । अहिले उनीहरु विवाहको योजनामा छन् ।