Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

“म हिन्दु राज्य र राजसंस्थाको लागि जे जस्तो मूल्य चुकाउन पनि तयार छु” – मणि सिंखडा

Thursday, January 19, 2017 National Power

म हिन्दु राज्य र राजसंस्थाको लागि जे जस्तो मूल्य चुकाउन पनि तयार छु, भन्नु हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका यूवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका केन्द्रिय महासचिव मणि सिंखडा संग पावरन्युज राष्ट्रिय मासिकको अनलाईन संस्करण नेसनल पावर न्यूजले गरेको कुराकानी

 पार्टीको महाधिवेशन रौनक कत्तिको बढेको छ ?
महाधिवेशन पार्टीभित्रको एउटा प्रजातान्त्रिक पद्धति हो । यसले काम गर्ने जुझारु कार्यकर्ताहरुलाई उत्साहित बनाउने हुँदा यसको रौनक त हुने नै भयो । त्यसमाथि हामीले नेतालाई होईन पार्टीको नीतिलाई अगिंकार गर्ने हँुदा यो महाधिवेशनको महत्व पनि बढेको छ । अहिले हामी वडा स्तरबाट नै महाधिवेशनको कार्यलाई तिव्रता दिईरहेका छौँ ।
दुई पार्टी एक भएको छ, सिद्धान्तः दुवै उस्तै उस्तै छन् तर राजतन्त्रको विषयमा राप्रपा अझै मौन छ नी ?
राप्रमा मौन बसेको छ भन्न मिल्दैन । विभिन्न व्यीक्तहरुको सोच विभिन्न किसिमको होला तैपनि पार्टी एकिकरण हुने बेलामा हिन्दु धर्मको बारेमा सबैले साझा अवधारणा बनाएका थियौँ । भने राजतन्त्रको विषयमा महाधिवेशनबाट टुङग्याउने निर्णय भएको थियो । मलाई आशा छ राजतन्त्रको विषयमा पक्कै पनि सबैले सकारात्मक साझा धारणा बनाउने छन् भन्नेमा म विश्वस्त छु ।
एउटा समय थियो, राजतन्त्र मान्नेलाई कुण्डले मुण्डले भन्ने  गरिन्थ्यो, अहिले परिस्थिती कस्तो छ ?
भन्नेले त जे पनि भन्छन् नी कस्को मुख थुन्न सकिन्छ र ? हामी हाम्रो सिद्धान्तमा अडिग छौँ र हामी सिद्धान्तको राजनीति गर्छौँ । तपाईनै भन्नुस नोपलमा हिन्दु राज्य र राजसंस्था हुँदा कस्तो थियो ? सबै मिलेर बसका थिए । देश शान्त थियो । तर जब झोले र चप्पले हरुले देशलाई जसरी भागबन्डा लगाए र लगाउँदै छन् त्यसले देशलाई कुन अवस्थामा पु¥याउँदै छ र पु¥याएको छ त्यो सबै आम नेपालीलाई थाहा छ । आजका कुण्डले मुण्डले भनेका तिनै झोले र चप्पलेहरु हुन तिनका विलासी जीवनले पनि प्रस्ट्याउँछ । विगत १० १२ बर्षको ईतिहासले पनि सबै कुरा प्रस्ट्याएकै छ ।
पार्टी एकिकरण पछि आज सम्मको स्थितीमा पार्टी भित्र गुट उपगुट पुनः सल्बलाएको देखिन्छ नी ?
पक्कै पनि विगत लामो समय देखि फरक फरक राजनीतिक आस्था र दर्शन बोकेको पार्टी भित्र त्यस्ता केही कुराहरु बाहिर आउनु सामन्य नै हो । तर हामी यसलाई न्युनीकरण गर्दै समग्र पार्टीको साभा अवधारण बनाएर अघि बढ्दै छौँ । मैले अघि पनि भने हामी नेतालाई होईन नीतिलाई छान्छाँै । यसर्थ पक्कै पनि आगामी महाधिवेशनबाट गुट उपगुट र नेतावादी पवृतिको अन्त्य गर्दै समग्र रुपमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने छौँ ।


अलिकति व्यक्तिगत प्रसंग, तपाई आगामी महाधिवेशनमा कुनै पदको लागि प्रतिष्प्रर्धा गर्दै हुनुहुन्छ ?
पक्कै पनि महाधिवेशनमा प्रतिष्पर्धा हुने नै गर्छ । तर मेरो सन्दर्भमा म अहिले राष्ट्रिय प्रजातान्त्रि युवा संगठनको केन्द्रिय महासचिवको जिम्मेवारी वहन गरिरहेको छु । यसर्थ मुल पार्टीको भित्र रहेर कुनै पनि पदको जिम्मेवारी आईपरेको खण्डमा त्यसलाई जिम्मेवारी पुर्वक निर्वाह गर्न सक्नेछु भन्नेमा मलाई पुर्ण विश्वास छ । जहाँ सम्म प्रतिष्प्रर्धाको कुरा छ, यसमा हामी भर्खर महाधिवेशनको सुरुवाती चरणमा छौँ । विभिन्न चरणहरु पार गरेपछि मात्र मुल पार्टीको जिम्मेवारीका लागि प्रतिष्पर्धा गर्न सकिन्छ । अतः उक्त चरणहरु पार गर्दै प्रतिष्पर्धाको लागि योग्य भएको खण्डमा र पार्टीका साथीहरुले पनि तिमि यो पदको लागि योग्य छौ भनि अघि सारेको खण्डमा एउटा जिम्मेवार कार्यकर्ताको नाताले जिम्मेवारीबाट पछी हट्न पनि त मिलेन नी । र म सबैलाई आग्रह गर्छु राष्ट्रिय प्रजातन्त्र पार्टी सबै जनताको पार्टी हो । यसर्थ सबै नेता कार्यकर्ताहरुले नेता भन्दा नीतिलाई प्राथमिकता दिई आगामी महाधिवेशनलाई भव्यताका साथ सफल पार्नु हुन अनुुरोध गर्दछु ।