राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुवै सङ्गठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवक सङ्गठनको एकता हुनसकेको छैन । दुवै दल एकीकृत भएको करिब दुई महिना भइसकेको र अब एक महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तयारी गरिए पनि दुवै सङ्गठनले एकार्काको अस्तित्व
विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाइ थोरै रकम तिराउने कार्यमा संलग्न प्राधिकरणका ११ जना कर्मचारीसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले नेपाल विद्युत प्राधिकरण बालाजु
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को बैठक यही माघ महिनामा नेपालमा हुने भएका छन् । क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले यही माघ १९ र २० गते सार्क कार्यक्रम समितिको र २३ देखि २५ गतेसम्म बिमस्टेकका तीन तहका बैठकआयोजना गर्न लागेको
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुुरले मधेसी मोर्चाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुुभएको छ । मधेस आन्दोलनका क्रममा मृत्युु भएकाको सम्झनामा शुक्रबार मोरङको रङ्गेलीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले मधेसी मोर्चाको सहयोगमा वर्तमान सरकार गठन भएकाले मधेसको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुुपर्ने बताउनुुभयो । अध्यक्ष ठाकुुरले आफूुहरूको मागप्रति मुुख्य दल गम्भीर
तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो । बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट
सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको आज उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेअनुसार तय भएको उक्त बजेटले पहिलो चरणमा नेपालमा हिमालयन रिसर्च सेन्टर
नेपाली तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गरेकी छिन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जीतेकी हुन् । फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी तेरियाको औपचारिक जीतको घोषणा
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच सदरमुकाम बिदुरमा भएको झडपमा हवाई फायर र रबरको गोली प्रहार भएको छ । झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् । शुक्रबारदेखि सदरमुकामकेन्द्रित आन्दोलनमा स्थानीयबासी र प्रहरीबीच जिविस नजिक झडप भएको हो । आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली अञ्चलका चर्चित युवा नेता धन बहादुर बुढा प्रदेश न ६ को प्रदेश प्रमुखमा मनोनीत हुनु भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको २ पटक केन्द्रिय अध्यक्ष समेत रहेका बुढा पार्टी भित्र र कर्णाली क्षेत्रका प्रभाबशाली युवा नेता पनि चिनिने गर्दछन् । पार्टीले पदाधिकारी मनोनयन गर्ने क्रममा धनबहादुर बुढालाई
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजु नियुक्त हुने पक्का भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सर्च कमिटीका सदस्यहरुको शुक्रबार बिहान बसेको बैठकले माकाजुलाई नै उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी मन्त्रिपरिषद बैठकले यसलाई औपचारिकता दिनेछ । यसअघि शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो