Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

राप्रपाको युवक सङ्गठनमा चर्कियो विवाद

Sunday, January 22, 2017 National Power

राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ ।

तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुवै सङ्गठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवक सङ्गठनको एकता हुनसकेको छैन । दुवै दल एकीकृत भएको करिब दुई महिना भइसकेको र अब एक महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तयारी गरिए पनि दुवै सङ्गठनले एकार्काको अस्तित्व र नेतृत्व स्विकार्न नसकेका कारण समस्या देखिएको छ ।

पार्टी केन्द्रीय नेतृत्वले दुवै सङ्गठनबीच बढेको विवाद टुङ्गो लगाउन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन समन्वय समिति गठन गरेको छ । उक्त समितिको संयोजकमा पार्टीका नेता प्रदीप उदयलाई जिम्मेवारी दिइएको छ ।

दुवै पार्टी एकीकरण हुन अगाडि राप्रपा निकट सङ्गठनका अध्यक्ष दीपक राई हुनुहुन्थ्यो भने राप्रपा नेपाल निकट सङ्गठनका अध्यक्ष प्रकाश रिमाल थिए । राई अध्यक्ष भएको सङ्गठनको निर्वाचन नभएको करिब पाँच वर्ष भइसकेको र रिमालको सङ्गठनको करिब छ महिना अगाडि निर्वाचन भएको थियो ।

दुवै सङ्गठनमा विवाद चुलिएपछि त्यसलाई समन्वय गरी नयाँ सहमति गराउन गठन गरिएको समितिका संयोजक उदयले यही माघको तेस्रो साताभित्र सहमतिमा दुवै सङ्गठनलाई एकीकृत गर्ने प्र
तिबद्धता व्यक्त गरे । पार्टी निकट अधिकांश सङ्गठनको अधिवेशन सम्पन्न भइसकेको नेता देवेन्द्र प्रधानले जानकारी दिए ।

आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा राप्रपाको महाअधिवेशन हुँदैछ ।