Monday 8th August 2022

    हेरिटेज ग्रुपको अधिराज्यव्यापी अधिकृत बिक्रेता कार्यगोष्ठी सम्पन्न    दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न    संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन    राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,

अग्निपीडितलाई बेलायती सहयोग

Saturday, January 21, 2017 National Power

तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ ।

समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो ।

बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट राहतस्वरुप सहयोग रकम सङ्कलन गरेर प्रदान गरिएको अध्यक्ष इङनामले बताउनुभयो । अग्निपीडितका लागि कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।