Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

केयु उपकुलपतिमा मकाजु

Friday, January 20, 2017 National Power

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजु नियुक्त हुने पक्का भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सर्च कमिटीका सदस्यहरुको शुक्रबार बिहान बसेको बैठकले माकाजुलाई नै उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी मन्त्रिपरिषद बैठकले यसलाई औपचारिकता दिनेछ ।

यसअघि शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । सिफारिसमा माकाजुसहित जनार्दन लामिछाने, रजिष्ट्रार भोला थापा, मनप्रसाद वाग्ले, भद्रमान तुलाधर परेका थिए ।

तिमध्येबाट माकाजुलाई उपकुलपति नियुक्त गर्ने टुंगो लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो ।  स्रोतले अनलाइनखबरसँग भन्यो, ‘केयूको उपकुलपति माकाजुलाई नै बनाउने भइयो । यसको औपचारिक निर्णय आगामी मन्त्रिपरिषद बैठकले गर्ने छ ।’

माकाजु यसअघि पनि काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । उनको चार वर्षे कार्यकाल गत मंसिर अन्तिम साता सकिएको थियो । माकाजुको कार्यकाल विवादित भएको भन्दै उनलाई फेरि पनि उपकुलपति नबनाउन प्राध्यापकहरुले दबाव दिँदै आएका थिए । अख्तियार दुरुपयोगको आरोप लागेका माकाजुलाई उपकुलपति नबनाउन डा. गोविन्द केसीले पनि माग गर्दै आएका थिए ।

सर्च कमिटीका सदस्यद्वय दमननाथ ढुंगाना र सुरेशराज शर्माले भने माकाजुलाई नै पुनः उपकुलपति बनाउन दबाव दिँदै आएका थिए ।

नेपाल प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले यसअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनार्दन लामिछानेलाई उपकुलपति बनाउन भनेका थिए । माकाजु र लामिछानेको पक्षमा प्राध्यापकहरु मात्रै होइन, माओवादी नेताहरु समेत बिभाजित भएका थिए ।

उपकुलपति टुंगो लगाउन शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, सर्च कमिटी संयोजक एवम् शिक्षामन्त्री पौडेल, सदस्यहरु ढुंगाना र शर्माको बैठक बसेको थियो । सो बैठकमा माकाजुलाई नियुक्त गर्ने सहमति भएको थियो । सोको जानकारी पाएलगत्तै माकाजुलाई उनका समर्थकहरुले विश्वविद्यालय परिसरमा फूलमाला र अबिर लगाइदिएर बधाइ दिएका छन् ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हिँजो साँझसम्म पनि केही माओवादी नेताहरुले लामिछानेलाई बधाई दिएका थिए । आज बिहान कुरा उल्टिएछ र माकाजुले पो बधाई पाए ।’

यसअघि बिहीबारको मन्त्रिपरिषद बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा पनि विवादित छविका सुरेश कुमार कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो ।