प्रधानमन्त्री निवास वालुवाटारमा अाज भएकाे सरकार र मधेशी माेर्चाकाे वैठक विना निश्कर्ष टुगिंएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै चुनावको मिति घोषणा गर्ने भनि राखेको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्विकार गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार साँझ बसेको कांग्रेस र माओवादीसँगको बैठकमा मोर्चाले संशोधन प्रस्ताव पारित नभई चुनावको मिति घोषणा हुन नसक्ने अडान
प्रमुख विपक्षी नेकपा एमाले र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्न दिए/नदिएकोबारे सरकारको औपचारिक धारणा माग गरेका छन् । नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरुहरुको बैठकमा भारतलेले एयर मार्सलका लागि बास मागेको थियो । केहीले भने भारतलाई एयर मार्सल राख्न दिने अनुमति दिइसकेको दाबी गरेका छन् । एयर मार्सल
अब स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्यरुपमा बनाउनुपर्ने भएको छ । संसदको राज्य व्यवस्था समितिअन्तरगतको उपसमितिले स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमा निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयरमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था राख्ने सहमति जुटाएको छ । यस्तै जिल्ला समन्वय समितिमा पनि अध्यक्ष र उपाध्यक्ष
स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् । स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी/एड्स तथा यौनरोग
प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले राजनीतिक दलहरूलाइ एउटै चुनाव चिन्ह प्रयाेग गर्न नदिने भएका छन् । यसबारे संसदको राज्य व्यवस्था समिति अन्तरगर्तको उपसमितिमा सोमबार छलफल भए पनि टुंगोमा पुगेको छैन । उपसमिति संयोजक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले भने, यसैमा गएर अडि्एको छ, हामी छलफलमै छौं ।’निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्वन्धी विधेयकमा चुनावअघि
बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएकाे हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए । “बालविवाहले महिलाको समग्र
राप्रपाको राष्ट्रिय अध्यक्ष परिवर्तन गर्ने तयारी भएको छ । चक्रिय प्रणालीअनुसार अध्यक्ष परिवर्तन हुने विगतको सहमतिअनुसार वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी आगामी माघ १२ गतेदेखि राष्ट्रिय अध्यक्षमा चयन हुन लागेका हुन् । हाल पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपति शमशेर राणा रहेका छन् । राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएपनि राप्रपा खेमाबीचको आन्तरिक विषय
माघ , २०७३ फिल्म ‘छक्का पञ्जा’ को अनलाइन पाइरेसी भएपछि उक्त घटनामा दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आत्महत्या गरेको प्रारम्भिक छानविनमा देखिएपछि शुरु भएको बिबादका कारण चलचित्र युनिट अहिले औपचारिक रुपमै घटनाको छानबिन होस् भन्नेमा लागेको छ । धम्की दिनेमा आफ्नो नाम मुछेर सामाजिक सञ्जालदेखि केही समाचारमा समेत आएपछि फिल्मका निर्मातासमेत
बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिका देखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक
एजेन्सी,५ माघ – गत नोभेम्बरमा भारत बिहारको कानपुरमा भएको रेल दुर्घटनामा नेपालीको संलग्नता रहेको भारतले गम्भिर आरोप लगाएको छ । १ सय ५० जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटना नेपालीको योजनामा इस्लामिक लडाडु समूहले गराएको मोतिहारीका एसपी जितेन्द्र राणालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाली प्रति तुच्छ शब्द प्रयोग गर्दै भारतीय सञ्चार