Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

भारतको रेल दुर्घटनामा नेपालीको संलग्नता रहेको भारतीय प्रहरीको दाबी

Sunday, January 22, 2017 National Power


एजेन्सी,५ माघ – गत नोभेम्बरमा भारत बिहारको कानपुरमा भएको रेल दुर्घटनामा नेपालीको संलग्नता रहेको भारतले गम्भिर आरोप लगाएको छ । १ सय ५० जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटना नेपालीको योजनामा इस्लामिक लडाडु समूहले गराएको मोतिहारीका एसपी जितेन्द्र राणालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाली प्रति तुच्छ शब्द प्रयोग गर्दै भारतीय सञ्चार संस्था आजतकले भाडाका टट्टुहरु प्रयोग गरेर आइइसले घटना गराएको जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

आक्रमणमा संलग्न तीनजना जनालाई बिहार पुलिसले पक्राउ गरेको छ । तिनै अभियुक्तको बयानपछि पाकिस्तानी खुफिया एजेन्ट आईएसले आक्रमण गरेको रहस्य खुलेको हो । आक्रमणका प्रमूख योजनाकार दुबईमा बस्दै आएका नेपाली ब्यवसायी शम्शुल होदा रहेको भारतीय प्रहरी जनाएको दैनिक भास्करले समाचार लेखेको छ । होदाले आइएसलाई समेत आर्थिक सयोग गर्दै आएको समाचारमा जनाईएको छ । शम्शुल होदाले यसको योजना बनाएका थिए र यसमा बृजकिशोर उर्फ बाबा को माध्यमबाट उक्त घटनाको योजना बनाएको बताईको छ । शम्शुलले अरुण र दीपकलाई जनही २०–२० लाख र स्कोर्पियो दिने बाचा गरेका थिए । शम्शुलले बृज किशोरमार्फत ३–३ लाख पेश्की समेत दिएका थिए । दीपक र अरुणले ट्रयाकमा विस्फोटक पदार्थ राखे पनि प्राबिधिक कमजोरीका कारण बिस्पोट हुन सकेको थिएन । उनीहरुको काम फेल खाएपछि लिएको पैसा फिर्ता मागेको तर फिर्ता नगरेपछि उनीहरु दुबैको हत्या गरिएको पूर्वी चंपारण प्रहरीले बताएको समाचारमा उल्लेख छ । आज तकले लेखेको समाचार अनुसार नेपाल निबासी बृजकिसोर गिरी र मुजाहीर अन्सारी तथा शंमूगिरीले सुपारी लिएर सो घटना गराएका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।