Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मधुमेह, उच्च रक्तचापको रोगीलाई गुनिलो करेला

Friday, March 23, 2018 National Power

९ चैत, काठमाण्डौ – भनिन्छ, मौसमी सागसब्जी सेवन गर्नु स्वास्थ्यका लागि अनुकुल हुन्छ । अहिले बजारमा करेला देखिन थालिएको छ । करेला स्वादको हिसाबले तीतो, टर्रो हुन्छ । तर, स्वास्थ्यको हिसाबले उत्तिकै गुनिलो हुन्छ । पोषणको कुरा गर्ने हो भने, करेलामा पाइने प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन ए, बी, सी, आइरन, म्याग्नेसियन आदि जस्ता गुणहरूले गर्दा करेला स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । करेलालाई प्राचीनकालदेखि नै आयुर्वेदको रुपमा लिइन्छ । त्यसैले पनि यसलाई स्वास्थ्यको लागि लाभदायी मानिन्छ ।

करेला खानुको फाइदहरू

-श्वास सम्बन्धी लाग्ने रोग जस्तै रुघाखोकी, दम आदिबाट बच्नको लागि करेला एक लाभदायी औषधि मानिन्छ । हरेक दिन खानासँग करेला खानाले राम्रो हुन्छ । कम्तीमा हप्तामा २र३ पटक तरकारीको रुपमा खायो भने पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । विहान खाली पेटमा करेला र तुलसीको पातसँग पिसेर खानाले पनि शरीरको दुखाईमा कमी ल्याउँछ । दम भएको व्यक्तिले करेला तासेर वीना मसाला खानाले पनि फाइदा हुन्छ ।

– खराब खानपान र ड्रिंकको कारण सबभन्दा पहिला कलेजोमा समस्या उत्पन्न गरेको हुन्छ । यसले कैयौ स्वास्थ्यमा खरावी ल्याएको हुन्छ । कलेजोको स्वास्थ्यको लागि हरेक दिन एक गिलास करेलाको जुस पिउदा राम्रो मानिन्छ ।

-शरीरमा पानीको कमी महशुस भएमा पनि १र२ गिलास पानीमा २ चम्चा करेलाको जुस मिसाएर खानाले पनि राम्रो हुन्छ ।

-करेलाले शरीरको इनर्जी पावर बढाउनुको साथै पानीमा उमालेर पिउनाले रोगसँग लड्ने क्षमता बढाउँछ । इन्सुलेशनको उचित मात्रामा नहुने हुनाले ब्लड सुगरको मात्रा बढेको हुन्छ जुन टाइप २ डायविटिजको लागि जिम्मेवारी मानिन्छ । टाइप २ डायविटिज रोगीको लागि करेलाको जुस एकदम फलदायी हुन्छ ।

-करेलाले मुटु सम्बन्धी हुने रोगबाट पनि बचाउँछ । करेलाले कोलस्ट्रोल लेभल नियन्त्रण गर्छ । जसले ब्कतचष्ह सही तरिकाले काम गरेको हुन्छ र हार्ट अट्याक हुन निकै कम गर्छ । ब्लड सुगर पनि कम गरेको हुन्छ ।

-करेलामा हुने एन्टिअक्साड शरीरमा भएको सबै विकार तत्वहरू बाहिर निकालेको हुन्छ । यसले पाचन प्रणाली पनि राम्रो बनाउँछ । करेला शरीरमा क्यालोरीका मात्रा पनि नियन्त्रण गरेको हुन्छ । करेलामा ८०र८५ प्रतिशत पानी हुने भएकोले शरीरको तौल घटाउन पनि मदत गरेको हुन्छ । करेलाको रसमा कागतीको रस पानीसँग मिलाएर पिउनाले शरीरको तौल घटाउन मदत गरेको हुन्छ ।

-उमेर बढेसँगै जोर्नीसँग सम्बन्धी विभिन्न रोगहरू लागेको हुन्छ । खुट्टाको जोर्नी दुख्ने, उठ्न बस्न समस्या हुने तथा भर्‍याङ चढ्न समस्या जस्ता समस्याको लागि पनि करेला एकदम उपयोगी खाना मानिन्छ ।

-महिलामा हेमोग्लोविनको समस्या बढी हुने गर्दछ । हुनत बजारमा धेरै प्रकारका औषधीहरू उपलब्ध छ तर आइरनले भरपुर मात्रामा भएको पौषिक तत्व भएको खाना खानाले फाइदा हुन्छ । करेलामा आइरनको मात्रा धेरै हुने हुनाले करेला खानाले रगतमा हेमोग्लोविनलाई नियन्त्रण गरेको हुन्छ साथै रगत सफा पनि बनाएको हुन्छ ।

-करेलाको हरदिन प्रयोगले छालामा चमक ल्याएको हुन्छ । छालामा हुने कयौं रोगहरू पनि निवारण गरेको हुन्छ । करेलाले रगत सफा राख्ने भएकोले अनुहारमा हुने दाग, डण्डिफोरको समस्या कमी ल्याउछ ।

-लामो घना र चमकदार कपालको लागि पनि करेला एकदम महत्वपुर्ण आहार हो । करेलाको जुस दहीसँग मिलाएर कपालमा लगाउने र १५(२० मिनेट पछि धुनाले कपालमा चम्किलोपन ल्याउँछ ।