Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

क्रिकेट जितेका भारतीय कप्तान जब श्रीलंकाली झन्डा बोकेर जयजयकार गर्न थाले

Tuesday, March 20, 2018 National Power

६ चैत, काठमाडौं – भारत र बंगलादेशबीच भएको निडास ट्रफीको फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक थियो । यस रोमाञ्चक प्रतिस्पर्धामा अर्को अदभूत दृष्य पनि देख्न पाइयो । त्यो के हो भने म्याच जितेका भारतीय खेलाडीहरु श्रीलंकाको झण्डा लिएर मैदानमा खुसियाली मनाउन थाले । कप्तान रोहित शर्माले भारतको नभइ श्रीलंकाको झण्डा समातेका थिए । अरु खेलाडीहरु उनीसँगै खुसीयाली साट्न मैदान वरिपरि घुमे । यो दृष्यले धेरैलाई अचम्मित बनायो । आखिर किन भारतीय खेलाडीले आफ्नो देशको झण्डा नसमातेर श्रीलंकाको झण्डा समाते रु यसको खास कारण यस्तो छ:

यस म्याचको पूरै अवधिभर स्टेडियममा बसेका दर्शकहरुले भारतलाई साथ दिए । म्याच हेर्न आएका श्रीलंकाका दर्शकले पनि बंगलादेशलाई समर्थन नगरी भारतलाई गरे । बंगलादेशको सट्टा भारतलाई समर्थन गर्नुको कारण बंगलादेश र श्रीलंकाबीच भएको अघिल्लो म्याच पनि थियो । अघिल्लो खेलमा बंगलादेशले श्रीलंकालाई हराएर फाइनलमा पुगेको थियो । उक्त खेलमा बंगलादेशका खेलाडीहरुको व्यवहार निकै खराब थियो, जसको धेरैले आलोचना गरे ।

त्यसैले श्रीलंकाका दर्शकहरु भारतको समर्थनमा थिए । त्यही कारण कप्तान रोहित शर्मा र सबै खेलाडीहरुले श्रीलंकालाई धन्यवाद दिन श्रीलंकाको झण्डा लिएर मैदानमा चक्कर लगाए । उनीहरुले श्रीलंकाली समर्थकको जयजयकार गरे । यसबाट टिम इण्डियाले करोडौंको मन जितेको र सामाजिक सञ्जालमा पनि तारिफ भएको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । फाइनल प्रतिस्पर्धामा भारतले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको थियो । अन्तिम बलमा पाँच रन चाहिएको बेला दिनेश कार्तिकले छक्का प्रहार गरी भारतलाई जिताएका थिए । १६७ रनको विजय लक्ष्य पछ्याएको भारतले ६ विकेटको क्षतिमा १६८ रन बनाएर विजय लक्ष्य पूरा गरेको थियो ।