Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दाहाल र भट्टराईबीच भेटवार्ता

Saturday, February 11, 2017 National Power

२९ माघ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवाता भएको छ । उक्त भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका लागि र स्थानीय निर्वाचनका लागि सरकार लागिरहेको भन्दै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा भट्टराईलाई आग्रह गर्नुभयो ।

डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताउनुभयो साथै बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण पनि उहाँले गराउनुभयो ।