Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विषाक्त खानाका कारण श्रीलङ्कामा सय जना कामदार विरामी

Friday, October 13, 2017 National Power

२७ असोज,कोलम्बो – श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् ।

विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको विहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम विरामी हुन थालेका थिए ।

खाजा खानेवित्तिकै आफुहरुलाई पेट दुख्ने, असजिलो महशुष हुने, बान्ता हुने लगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् । विरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाई छ । यस महिना यस्तै घटना भएको यो दोस्रो हो । झण्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो । विहानको खाना खाएपछि उनीहरु विरामी भएका थिए ।