Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

 झण्डै आठ सयको परीक्षण

Monday, October 9, 2017 National Power

२३ असोज,पर्वत  – जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो ।

आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ ।

पर्वत समाज बेल्जियमको आर्थिक सहयोग, लायन्स क्लब अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट कुश्मा नगरपालिकालगायत बागलुङ जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिनुभयो ।