Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

खाडी मुलुकका नेपालीका लागि अर्को वर्षदेखि सञ्चय कोषमा बचतको सुविधा !

Wednesday, January 18, 2017 National Power

५ माघ, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने समस्यालाई अब सरकारले एक वर्षभित्रै सम्बोधन गर्दैछ ।

कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउन अन्तिम कसरत गर्दैछ । सञ्चय कोषको भनाइलाई मान्ने हो भने प्रवासमा रहने नेपालीले अवको एक वर्षभित्रै यो सुविधा पाउनेछन् ।

यसबाट प्रवासी नेपालीले स्वदेश फर्किएपछि पनि कोषबाट बचतसहित विभिन्न सुविधा उपयोग गर्न सक्नेछन् । अहिले कर्मचारी सञ्चयकोष अन्तरगतका वचतकर्ताले पाइरहेका सबै सुविधा विदेशमा काम गर्नेले पनि पाउनेछन् ।

अहिले खाडीको चर्को घाममा काम गरेर घर पठाएको पैसा घरायसी र विलासिताका समान खरिदमा धेरै खर्च हुने गरेको छ । दुःख गरेर कमाएको पैसा उपभोगमै सकिएपछि विदेशबाट फर्किदा पनि धेरैको अवस्था जहाँको त्यहीँ हुने गरेको छ ।

नियमावली संशोधन हुँदै

यसैलाई ध्यान दिएर सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने गरी ऐन संशोधन गराइसकेको छ । कर्मचारी सञ्चय कोष ऐन- २०१९ को संशोधनभए पनि अब नियमावली संशोधन गरिँदैछ ।

नियमावलीका लागि कोषले मस्यौदा तयार गरिसकेको छ । अब अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदले यसलाई स्वीकृति दिएपछि विदेशमा बस्ने नेपालीको बचत सञ्चय कोषमा ल्याउने प्रक्रियाको थालनी हुनेछ । विदेशका नेपालीलाई पनि सञ्चय कोषमा पहुँच दिन कोषले छलफललाईर् तीव्र पारेको छ ।

अर्को आर्थिक वर्ष २०७४/७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा आवद्ध हुन सक्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।