१४ जेठ, भरतपुर – पहिलो चरणमा निर्वाचन भएका २८३ स्थानीय तह मध्ये अब २ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ । नवलपरासीको मतपत्र चाँगुनारायण पुगेपछि रोकिएको त्यहाँको निर्वाचन पछि भएकोले अहिले त्यहाँ मतगणना जारी छ भने भारतपुर महानगरको पनि अन्तिम नतिजा आउन बाँकी छ ।
अब २ वटा वडाको मात्र मत गणना गर्न बाँकी रहेको अवस्थामा मतान्तर ९०९ मा झरेको छ र राजनीतक दलका कार्यकर्ताको आउजाउ वाक्लिएको छ भरतपुरमा । वडा नं १९ र २० को मतगणना बाँकी रहँदासम्म एमालेका उम्मेद्वार देवी ज्ञवाली गठबन्धनकी उम्मेद्वार रेणु दाहाल भन्दा मात्र ९०९ मतले अगाडी छन् । यस्तोमा अन्तिम नतिजा के हुन्छ आँकल गर्न गाह्रो छ ।
मत गन्न बाँकी यी दुई वडा परम्परागत रुपमा काँग्रेसको गढको रुपमा चिनिन्छ, यस्तोमा गठबन्धकी उम्मेद्वारले सजिलै जित्नुपर्ने हो । अहिले सम्मको ट्रेन्डलाइ हेर्दा भरतपुरमा रेणुले काँग्रेसको करिब ६० प्रतिशतको हाराहारीमा मात्र मत पाएको देखिन्छ भने करिब २० प्रतिशत काँग्रेसी भोट एमालेलाइ गएको देखिन्छ । यसरी हेर्दा भरतपुरमा एमालेले जित्न सक्ने आँकल न गर्न सकिन्छ तर यी दुइ वडाको कति काँग्रेसी भोट रेणुलाई गएको भन्ने कुराले अबको जित हारको हाँकल गर्न सकिन्छ ।
यदि अरु वडाकै ट्रेन्डमा रेणुलाइ भोट गएको छ भने उनलाइ त्यहाँ जित हासिल गर्न कठिन हुनेछ, जुन काँग्रेसी गढ मानिएको अर्को वडा नं २१ भोटले पनि देखाएको छ । त्यस वडाबाट गठबन्धनले सोचेको जति भोट रेणुलाइ गएको देखिन्न । बाँकी रहेको यी दुइ वडामा करिब ८ हजारको हाराहारीमा मत खसेको अनुमान छ ।
स्मरण रहोस् भरतपुरमा माओवादीको आफ्नै भोट निकै नगन्ने छ ।