Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सहमतीय सरकारका लागि आफूहरु खुला रहेको:अध्यक्ष ओली

Saturday, May 27, 2017 National Power

१३ जेठ, काठमाडौं – सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरु बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनमा लागेका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरु खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु नयाँ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अघि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।