Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रियल ला–लिगा च्याम्पियन

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौं – मालागालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । रियलले सन् २०१२ पछि पहिलो पटक घरेलु लिगको उपाधि उचालेको हो ।

उपाधिका लागि रियल मड्रिडलाई कम्तिमा बराबरी चाहिएको थियो, जुन खेलमा मालागामाथि २–० सहज जित हात पारेको छ ।

मालागाको घरेलु मैदानमा भएको खेलमा रियलले दोस्रो मिनेटमा नै क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।

खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले उपाधि पक्का गरेको छ ।

पछिल्लो दुई सिजन घरेलु लिग जितेको बार्सिलोनाले अन्तिम खेलमा एइबरलाई ४–२ ले हरायो । तर, उपाधिका लागि पर्याप्त भएन ।

रियल मड्रिड च्याम्पियन्स लिगको पनि फाइनलमा पुगिसेको छ । यदि उसले युभेन्टसलाई हराउन सक्यो भने च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बन्नेछ ।