Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कैलालीका दुई स्थानमा प्रेसर कुकर बम फेला परे

Saturday, May 13, 2017 National Power

३० बैशाख,  कैलाली –  धनगढीका दुई स्थानमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनेहरा सडकमा बम फेला परेको हो ।

बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  ।

बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।

धनगढीको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।

उता, नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले शनिबार बिहानै डोटीको शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका छन् ।

नेपालगंजबाट अछामको साफेबगर सामान लिएर जादै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेका हुन । आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिए ।