Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जनकपुर अञ्चल ब्यूरो प्रमुखसहित चार जना बम बनाउने उपकरणसहित पक्राउ

Sunday, May 7, 2017 National Power

२४ बैशाख, बर्दिबास  –  प्रहरीले आज नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्यूरो प्रमुखसहित चार जनालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्यूरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरीले बताए।

प्रहरीले उनीहरुबाट बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई वटा, डेटोनेटर छ वटा, महोत्तरीको नक्सा, स्थानीय चुनाव खारेज गर लेखिएको पर्चा तीन सय वटा र नेपाली कांग्रेस पार्टीको स्टिकर दुई सय वटा बरामद गरेको छ ।