Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक

Wednesday, August 13, 2025 National Power

काठमाण्डौ – लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ । गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलको अभिनय छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविन भट्ट सम्पादन छ । गीतमा एउटा चेलीको आमासँग गरेको बिलौना गरेकी छन् ।