Saturday 11th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक

Wednesday, August 13, 2025 National Power

काठमाण्डौ – लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ । गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलको अभिनय छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविन भट्ट सम्पादन छ । गीतमा एउटा चेलीको आमासँग गरेको बिलौना गरेकी छन् ।