Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक

Friday, March 7, 2025 National Power

 

चितवन – जाती अनुसार फागु खेल्ने आआफ्नै शैलि हुन्छ । थारू समुदायमा पनि होली अर्थात धुरहेरी र होली पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दुहरुको महत्वपूर्ण पर्व मध्य फागु पूर्णिमा पनि एक हो । फागु पूर्णिमा नजिकिदै गर्दा समिक्षा र विश्व चौधरीको स्वरमा होली गीत ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक भएको छ । उपेन्द्र ‘अबिरल जिज्ञासु’ र विश्व चौधरीको शब्द, संगीत रहेको गीतमा रेकर्डिस्ट एसबी मुस्कान, मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको रहेको गीतको भिडियोमा चर्चित मोडल देव महतो र ममता चौधरीको मुख्य भूमिका रहेको छ भने छायांकन विक्रमे, सम्पादन, कलरिङ सुरज महतो, निर्देशन हिरा चौधरीको रहेको छ ।