Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

युवा परिषद् कला साहित्य सञ्जालको नयाँ कार्यमिति गठन

Saturday, January 4, 2025 National Power

काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ ।

त्यस्तै सदस्य/प्रवक्तामा विष्णुमाया पौडेल, सदस्यहरूमा शान्तबहादुर विक, सञ्जीव ठकुरी, इब्सल सन्ज्याल, हेमराज अधिकारी, श्रीकान्त राना क्षेत्री, प्रकाश गौतम र मोहन तामाङ रहनुभएको छ ।