Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

थिमिमा हुने पाँचौं एपिक म्युजीक अवार्डको मनोनयन सार्वजनिक

Friday, December 20, 2024 National Power

काठमाण्डौ – एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका– २ भक्तपुरमा आयोजना हुने पाँचौं एपिक म्युजीक अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन हालै सार्वजनिक हालै गरिएको छ । प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिने कुरा अवार्ड कार्यक्रमका संयोजक राजेन्द्र पुरीले जानकारी बताएका छन् ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा सम्पन्न हुने उक्त अवार्ड लाई विशेष गरी देश भित्रका विभिन्न पुरातात्विक वस्तु, विविध संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजना हुँदै आएको कुरा प्रकमश पार्दै अवार्ड कार्यक्रमको मिति चाडै नै एक कार्यक्रमको आयोजना गरी जानकारी गराइने संयोजक पुरीले बताए ।

अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडलदेखि निर्देशकहरुलाई पनि समेटिएको उनको भनाई छ । संयोजक पुरीका अनुसार आवर्डमा नेपाली मौलिक भाकाहरुका चलचित्रका गीत साथै काँठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ भने मनोनयनमा परेकाहरुको सुची आयोजक संस्था एपिक नेपालको फेसबुक पेजमा उपलब्ध रहेको कुरा पनि संयोजक पुरीले बताएका छन् ।