Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

धरौटी बुझाउनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं

Thursday, December 12, 2024 National Power

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् ।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले  बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । प्रसाईंले नै उनलाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् । आपराधिक लाभ सम्बन्धी सो कसुरमा प्रहरीले प्रसाईंसँग पनि बयान लिइसकेको छ ।