Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

छायाँछबि तीज नारी सम्मानको घोषणा, कलाकार दिपशा बि.सी.को स्मृतिमा छायाँछविले पुरस्कार प्रदान गर्ने

Monday, September 2, 2024 National Power

काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिने भएको छ । एघार हजार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको निवर्तमान अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरिने भएको हो ।

त्यसैगरी ११ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा मोडल सिम्रन दुलाल –कुसुम), पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछबि तीज नारीद्धारा सम्मानित गरिने भएको छ । यो सम्मान आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिए बापत सम्मानित गर्न लागिएकोे आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा बिगत लामो समयदेखी सक्रिय रहेको छाँयाछवि क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशला प्रदान गर्दै आईरहेको छ । कार्यक्रम यहि भाद्र १८ गते काठमाण्डौ स्थित विजी बैंक्यूटमा सम्पन्न हुन गैरहेको छ।