Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गायीका पाण्डेको “हरदिन पूजा गर्छु म” तिज गीत सार्वजनिक

Monday, September 2, 2024 National Power

काठमाण्डौ – गायीका शोभा पाण्डेको “हरदिन पूजा गर्छु म” तीज गीत ’फूलबारी नेपाल ’ युटुव च्यानल मार्फत बजारमा आएको छ । उक्त गीतमा शब्द स्वकृति बरालको छ भने सङ्गित दिपक शर्माले भरेकाछन् । सङ्गित संयोजन रामकृष्ण थापाले गरेका हुन् । गीतमा तीजको संस्कृति सँगै जोडिएर आफ्नो श्रीमानकै लागि तीज मनाउने र उनको भलो हुन्छ भने तीजमा मात्र नभएर हर दिन नै भगवान् शीवको पूजा –आरधना गर्छु भन्ने अभिब्याक्ती सुन्न पाईन्छ । गायीका शोभा पाण्डेको मुख्य अभिनयमा भिडियो हेर्न सकिन्छ ।

गायिका पाण्डे संगीत बिषयमा स्नातक, स्नातकोत्तर गरि दर्शनाचार्य तेश्रो तहमा थेसिस लेख्दैछिन् । अन्य गीत तथा भिडियोहरु समेत तयार भएका र आउँदा दिनहरुमा छिट्टै दर्शक तथा श्रोताहरु माझ आउने गायीका पाण्डे बताउछिन् । करिव छ दर्जन गीत गाइसकेकी गायीका शोभा पाण्डे बि।सं २०७१ सालबाटै साङ्गितिक यात्रालाई आफ्नो कर्म बनाएर सक्रियरुपमा गायनमा लागिरहेकी छिन् ।