Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सेन्ट जर्ज स्कुल हाँडीगाउँमा पुरस्कार वितरण

Friday, July 19, 2024 Devil Singh Rajput

साउन -४, सेन्ट जर्ज स्कुल , हाडीगाउँमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं प्राध्यापक तथा साहित्यकार विष्णु पन्तको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा समानान्तर समुहका निर्देशक श्रीकृष्ण भण्डारी, पारा खेलकुदका ओम शिवाकोटी, विद्यालयका निर्देशक मनोज दाहाल , विद्यालयका प्रधानाध्यापक मेघराज बजगाई एवं विद्यालयका शिक्षक , विद्यार्थी , कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पन्तले विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयले त्रैमासिक रूपमा पुरस्कार वितरण गर्ने गरेको छ। विद्यालयले तीन तीन महिनासम्म भएका विविध कार्यक्रमहरुको पुरस्कार वितरण गर्ने गरेको कुरा प्र.अ.मेघराज बजगाईले बताए ।पुरस्कार पाउँदा हौसला मिल्छ र अगाडि बढ्न सहज हुने कुरा अतिथि श्रीकृष्ण भण्डारीले बताए । विद्यालयमा यस्ता विविध कार्यक्रमहरु गर्नाले विद्यार्थीहरुमा लुकेर रहेकोे प्रतिभा प्रस्फुटन गराउन सहयोग पुर्‍याउँछ।अवसर पाएपछि धेरै कुरा देख्न र सिक्न सकिने हुन्छ । हाम्रा पालामा यस्ता कार्यक्रमहरु हुँदैन थियो ।आज भोलि यस्ता धेरै कार्यक्रमहरु भैरहन्छन । त्यस अर्थमा आज भोलिका विद्यार्थीहरु भाग्यमानी भएको कुरा प्रमुख अतिथि पन्तले बताए ।