Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सरिता भारती र रँजित सिञ्जाली पैसा छैन भन्दै आए

Friday, June 16, 2023 National Power

काठमाडौं- गायकद्धय अविनाश मगर र अजय कार्कीको स्वरमा नयाँ गीत पैसा छैन। दर्शकमाझ आएको छ । भिडियोलाई सिञ्जाली ड्राईभिङ सेन्टरले निर्माण गरेको हो । अविनाश मगर अफिसियल च्यानलबाट हिजो सार्वजनिक गरिएको यो गीतमा पैसा नहुँदा श्रीमातीबाट समेत श्रीमानले अपहेलना सहनु परेको पीडा दर्शाईएको छ । यो गीतको भिडियोमा पनि त्यही पीडा देख्न पाईन्छ ।

म्युजिक भिडियोमा मोडल रँजित सिन्जाली, गायिका तथा मोडल सरिता भारती मुख्य भूमिकामा छन् । पैसा छैन गीतको भिडियोमा सरिता र रँजितले पति पत्नीको भूमिका निर्वाह गरेका छन् । एक दर्जन भिडियो खेलिसकेका रँजित र अढाई दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका सरिताको केमेस्ट्री यो भिडियोमा मिलेको छ ।

यो भिडियोमा भिडियोमा शँकर कार्की, अमृत खड्गी, बिशाल लामिछाने, प्रदीप बिष्ट, प्रेमकुमार लामालगायतको पनि अभिनय छ ।
विलक्षण क्रियसनको ब्यबस्थापनमा निर्माण भएको यो भिडियोमा पैसा कमाउन नसक्दा साथी, आफ्न्तदेखि पत्नीसम्मले हेपेको कथा प्रस्तुत गरिएको छ ।

यो म्युजिक भिडियोमा दिब्यराज सुवेदी र सुशिल डाँगीको छायाँकन, बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । यो गीतलाई अविनाश र अजयले लेखेका हुन् । गीतमा अविनाशकै संगीत रहेको छ । गीतलाई आदेश गुर्माछानले संगीत संयोजन र किशोर थापाले मिक्सिङ गरेका हुन् ।