Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आरजुलाई बालेनको जवाफ : सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस

Tuesday, June 21, 2022 National Power

काठमाडौं -प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सामाजिक सञ्जाल परिचालन गरेर चुनाव जितेको आरोप लगाइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने चुनावको समयमा सामाजिक सञ्जालमा एक रुपैयाँ पनि खर्च नभएको विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचनमा कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको विवरण पेस गरेका शाहले सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस गरेका हुन् । नेपाली काँग्रेसकी नेतृ राणाले शाहले सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौँ महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी थिइन् ।​

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी शाहले कतिमा हायर गर्नुभयो रु भनेर प्रश्न समेत गरिन् । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार शाह मेयर बन्न सफल भएको उनको भनाइ थियो ।

यस्तो छ शाहको खर्च विवरण :