Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

धरहरा र भ्यू टावर निर्माणको आलोचना भएको भन्दै ओलीद्धारा आक्रोश व्यक्त

Friday, April 22, 2022 National Power

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो भन्दै जवाफ दिएका हुन् ।

‘एमाले नभएको भए गर्व गर्ने धरहरा आज हामी देख्न पाउदैनथ्यौं । कांग्रेसहरू र यो गठबन्धन त के भन्दै छ भने भ्यू टावर बनाउनु हुँदैन अरे । अनि त्यहाँ के धान फल्छ त धान ?’, उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’

ओलीले भ्यू टावरहरु राष्ट्रका गौरव हुने भन्दै यस्ता गौरवलाई उठाउनु पर्ने बताए । धरहरा र भ्यू टावरले केही दिँदैन भनेर आलोचन गर्नेलाई उनले जवाफ दिए, ‘गुजराती भैँसी किनेर बाँधेको हो रु जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ?