Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

माहाभारतको दुर्योधन र नेकपा एमालेको नेता केपी ओली एउटै हुन : मन्त्री आले

Saturday, March 19, 2022 National Power

काठमाण्डौ– समाजका विभिन्न तह र तप्कामा रहेका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्दै गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव काठमाण्डौमा सम्पन्न भएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले रहनुभएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री आलेले गौरीशंकर च्छोरोल्पा मिडियाले नेपालको मिडिया क्षेत्रमा मात्र नभई विभिन्न सांस्कृतिक तथा पर्यटकिय क्षेत्रलाई पनि  उजागर गर्दै आईरहेको बताउदै  कुनै पार्टी पंती भन्दा पनि सत्यका पक्षमा सम्पुर्ण मिडिया क्षेत्र  लाग्नुपर्नेमा जोडदिनुभयो । गौरी शंकर च्छोरोल्पामिडियाले सिंगो दोलखाको पर्यटकिय नगरिको प्रतिनिधित्व गरेको छ र यसलाइ अझै भव्य, सभ्य र सुसम्पन्न बनाउन आफु तत्पर  रहेको बताउनुभयो । दोलखाको शैलुङमा निर्माण गर्ने भनिएको फिल्म सिटीको लागी पनी दशौं वर्ष होइन, आगामी तिन वर्ष भित्र सक्नको लागि प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थ मन्त्री र सचार मन्त्री ज्युहरु संग कुरा राख्ने र आफै अगाडी बढेर पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री आलेले नेकपा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रती  कटाक्ष गर्दै भन्नु भयो ” विगतमा एमाले र माओवदी मिलेर  निर्वाचनमा गएको थियो,  आज कसै व्यक्तिको अहमताले गर्दा संघको सरकार पनि गयो, प्रदेशकको सरका पनि गयो, अझै आउने बैशाखमा स्थानिय तहमा ६० प्रतिशत जित्छु भन्ने जुन घमण्ड  गरेको छ , यो घमण्ड महाभारतको दुर्योधन र नेकपा एमालेको राजनेता भनाउदो केपी शर्मा ओली विच कुनै फरक मेले पाएको छैन” । नारायणहिटी मात्रै हैन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारती जनताहरु पशुपतीमा आउदा सस्तो सुलभ मुल्यमा बस्न पाउन भनी २५ करोड दिएर बनाएको धरमशाला कौडीको भाउमा बेचिएको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।  सम्मानित हुनेहरुमा समाज सेवी भरत मोहन श्रेष्ठ, ध्रपद गायक विष्णु आचार्य, समाज सेवी दिक्षा चापागाई, स्वास्थ्यविद देवेन्द्र गौतम, प्रेस चोतारी दोलखा अध्यक्ष गणेश बस्नेत, पत्रकार कमला जोशी, सहकारीविद् बागमती प्रदेश हेमन्त चौलागाई, शिक्षाविद् प्रदेश नम्बर १ जगदिश प्रशाद ओली, अभियान्ता प्रविन शिवाकोटी, सामाजिक अभियान्ता राजन बस्नेत, स्वास्थ्यसेवी राजेन्द्र भण्डारी, अभियान्ता राजीव श्रेष्ठ, बरिष्ठ कलाकार शुशिल पोखरेल लगायतका रहेका छन् । देश समाज र जनताको लागि विभिन्न क्षेत्रबाट योगदा पुर्याउने व्यक्तित्वहरुलाई उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको छ ।
कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद्, स्वाथ्यविद्, लगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागीता रहेको थियो भने विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।