Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दुई दिने बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न

Friday, March 18, 2022 National Power

काठमाडौं- नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा दुई दिने बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कलाकार, पत्रकार र समाजमा उल्लेखनीय योगदान दिने विभिन्न व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो । कला मन्दिरको आयोजनामा फागुण २७ र २८ गते चन्द्रागिरि, मच्छेगाउँमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोकप्रिय कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति रहेको थियो भने विभिन्न कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

पूर्वमन्त्री राजेन्द्रकुमार केसीद्वारा उद्घाटन गरिएको कार्यक्रमको विशेष अतिथिमा चन्द्रगिरि नगर प्रमुख घनश्याम गिरि, पूर्वगृहराज्य मन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा पत्रकारद्वय सानुकाजी श्रेष्ठ र विष्णु सुवेदीका साथै गायिकाहरू रचना रिमाल, समीक्षा अधिकारी, अस्मिता अधिकारी, गायक पदम राई, निर्देशक श्यामराज श्रेष्ठ, मोडल साक्षी लम्साल लगायतलाई सम्मान गरिएको थियो । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्बद्र्धन र संरक्षणका लागि वार्षिक रूपमा कार्यक्रम हुँदै आएको छ । रमेश शाहीको नेतृत्वमा २०५८ सालमा स्थापना भएको नेपाल सांस्कृतिक कला मन्दिरले कला संस्कृतिको संरक्षणका लागि विविध सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।